बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

कुश्मामा योग र ध्यान अभ्यास

फाल्गुन ५, २०८१
पर्वत : सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा कुश्मामा योग तथा ध्यान कार्यक्रम सम्पन्न भएको छ । स्वस्थ जीवनशैली अपनाउनका लागि पालिका स्तरमा आयोजना भइरहेको कार्यक्रम सोमबार कुश्मा नगरपालिकामा आयोजना भएको हो । कुश्मा नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा नगरपालिकाभित्र कार्यरत कर्मचारी, शिक्षक, जनप्रतिनिधिहरू विभिन्न सामाजिक सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
‘योग तथा शारीरिक व्यायाम गरौँ, स्वस्थ र खुसी बनौँ’ भन्ने नाराका साथ भएको योग तथा ध्यान कार्यक्रमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले योगको महत्त्व झनै बढ्दै गइरहेको बताउनुभयो । पछिल्लो समयमा व्यक्तिहरूको जीवनशैली झनै आधुनिक बनेको बेलामा ध्यान र योगको महत्त्व बढिरहेको उहाँको भनाइ छ । कुश्मा नगरपालिकाले ध्यान र योगलाई जहिले पनि प्राथमिकतामा राखेको भन्दै नगरप्रमुख जोशीले कार्यक्रमका सहभागीहरूलाई सिकेका कुराहरूलाई व्यवहारमा उतार्न सकेमा रोग लाग्छ की भनेर चिन्ता गर्नुपर्ने अवस्था नआउने उल्लेख गर्नुभयो ।
यस्तै कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले योग केवल शारीरिक व्यायाम मात्र नभएर शरीर, मन, र आत्माको सन्तुलन बनाउने एक विधि भएको बताउनुभयो । यसको अभ्यासले शरीरलाई लचकदार, बलियो, र स्वस्थ बनाउने भन्दै उहाँले नियमित योगले रक्तसञ्चार सुधार गर्ने, पाचन शक्ति बढाउने र  रोग प्रतिरोधी क्षमता बलियो पार्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा जनप्रतिनिधिहरू सहित नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विष्णुप्रसाद तिवारी सहित विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरू, वडाका कर्मचारीहरू सहित एक सय जना भन्दा बढीको सहभागिता रहेको शिक्षा अधिकृत मोतीमाया ढकालले जानकारी दिनुभयो ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive