बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

योगीकुटी देवस्थल मन्दिरको अध्यक्षमा शर्मा सर्वसम्मत निर्वाचित

बैशाख १३, २०८२

पर्वत : बुटवल उपमहानगरपालिका–११ मा अवस्थित योगीकुटी देवस्थल मन्दिरको चौधौँ साधारण सभा तथा नवौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पुष्पा न्यौपाने शर्मालाई सर्वसम्मत रूपमा नयाँ अध्यक्षमा चयन गरेको छ ।
शिव, दुर्गा, गणेश, स्वस्थानी लगायतका देवताहरूको मन्दिर एकै स्थानमा रहेको यो स्थललाई “देवस्थल“ भनिन्छ । प्रत्येक पूर्णिमामा विशेष महाआरती र नवरात्रमा शक्ति स्वरुपा दुर्गाको विशेष पूजाआजा गरिँदै आएको छ । नवनिर्वाचित अध्यक्ष शर्माले मन्दिरको भौतिक संरचनाहरूको विकासलाई प्राथमिकता दिने बताएकी छन् । अपूरा अवस्थामा रहेको चार तले भवनको निर्माण कार्य सम्पन्न गर्ने, ज्येष्ठ नागरिकहरूका लागि मिलन कार्यक्रम सञ्चालन गर्ने र संस्कृत शिक्षा अध्ययनका लागि बटुकहरूलाई बस्ने व्यवस्था मिलाउने योजना सार्वजनिक गरिएको छ ।
त्यस्तै, किरियापुत्रीहरूका लागि बसोबासको व्यवस्था गर्ने, बाहिरबाट आएका योगीहरूको लागि परम्परागत शैलीको सानो घर निर्माण गर्ने र नियमित पूजाआजा तथा नेपाली मौलिक परम्पराको संरक्षणमा विशेष ध्यान दिने उनले बताएकी छन् । भक्तजन आकर्षणका लागि झाँकीसहित दैनिक भजन–कीर्तन आयोजना गर्ने र तिलोत्तमा नदीको पानी तानेर रातको समयमा आकर्षक देखिने गार्डेन तथा फूलबारी निर्माण गर्ने योजना समेत अघि सारिएको छ ।
सामाजिक सेवामा लामो समयदेखि सक्रिय शर्माले नयाँ कार्यसमितिको नेतृत्व गर्दै देवस्थललाई अझ व्यवस्थित र आकर्षक बनाउनका लागि निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

वैशाख ११, २०८२

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive