मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

जनकल्याण मा.वि.मा सेनाको विपद् प्रतिकार्य ‘डेमो’

बैशाख १४, २०८२
पर्वत : नेपाली सेनाको नयाँ रणभीम गुल्म पर्वतको आयोजनामा जलजलाको नाग्लीवाङका स्थानीयलाई विपद् प्रतिकार्य तालिम सञ्चालन गरिएको छ ।
गुल्मपति सेनानी सुवास थापाका अनुसार नाग्लीवाङमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा सेनाको नफ्रीले  विपद् तथा प्राकृतिक प्रकोप तथा त्यसबाट हुन सक्ने क्षतिको बारेमा जानकारी गराउँदै क्षति न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपायका बारेमा एक दिने तालिम सञ्चालन गरेको हो ।
गुल्मका उपसेनानी हिमाल श्रेष्ठको कमान्डमा खटिएको टोलीले स्थानीय समुदायहरूलाई लक्षित गरी स्थानीय बासिन्दा, सर्वसाधारण, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिएको हो । झन्डै दुई सय जनाको सहभागिता रहेको उक्त प्रशिक्षणमा विपद् तथा प्राकृतिक प्रकोप सम्बन्धी कक्षा तथा डेमोन्सट्रेसन सञ्चालन गरिएको थियो । प्रशिक्षणमा खाना पकाउने एल.पी. ग्याँसमा अचानक आगलागी भएमा सोको सावधानी र क्षति न्यूनीकरण गर्ने उपाय सम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन, फायर एक्सटीङगुईसर तथा फायर बलको प्रयोग सम्बन्धी जानकारी तथा कक्षा सञ्चालन र त्यसको अभ्यास, शरीरमा आगलागी भएमा त्यसबाट बच्ने उपाय र आगलागी नियन्त्रण गर्ने विधिको बारेमा सिकाइएको छ ।
यस्तै, कुनै पनि दुर्घटनाबाट घाइते भएका व्यक्तिलाई तत्कालै सोही स्थानमा गरिने प्राथमिक उपचार, विपद्को दौरान विभिन्न कारणले भिर, पहिरो, खोला नदी, खोचमा फसेका व्यक्तिहरूको कसरी उद्धार, स्थान विशेषमा उपलब्ध सामाग्रीहरूबाट ईम्प्रोभाईज स्ट्रेचर बनाउने तरिका, डेंगू रोगको परिचय, सावधानी र सोबाट बच्ने उपाय लगायतका बारेमा कक्षा सञ्चालन गरिएको गुल्मपति सेनानी थापाले जानकारी दिए ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive