बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

सबै वडाहरूमा सार्वजनिक सुनुवाइ गर्दै मोदी गाउँपालिका

बैशाख २२, २०८२

पर्वत : जिल्लाको मोदी गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक कार्य तालिकाअन्तर्गत गाउँपालिकाका सबै वडाहरूमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ ।
गाउँ कार्यपालिकाको कार्यालयबाट चालु आर्थिक वर्ष २०८१÷०८२ को अर्धवार्षिक अवधिसम्म भए गरेका योजनाहरू, कार्यक्रमहरू एवं सेवा प्रवाहका बारे छलफल गर्नका लागि सार्वजनिक सुनुवाइ गर्न लागिएको गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले बताउनुभयो । सार्वजनिक सुनुवाइ तथा आगामी आर्थिक वर्षको लागि प्रस्ताव गर्नुपर्ने टोल र बस्ती स्तरका योजना कार्यक्रम छनोट सम्बन्धी अन्तरक्रिया पनि सोही कार्यक्रममा गरिने भएको छ ।
सार्वजनिक सुनुवाइहरूमा सहभागी हुन गाउँपालिकाले क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, नागरिक समाज, टोल विकास संस्था, सामुदायिक सङ्घ संस्था, आमा समूह, युवा क्लब, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा आम गाउँपालिकावासीहरूको रचनात्मक उपस्थितिका लागि अनुरोध गरेको छ ।
गाउँपालिकाका अध्यक्ष शर्माका अनुसार वैशाख २५ गते भुकताङ्ले, २६ गते देउपुर, २९ गते देउराली, ३० गते क्याङ, ३१ गते बाजुङमा कार्यक्रम आयोजना हुँदै छ । यस्तै जेठको एक गते तिलाहारमा, दुई गते राम्जामा र अन्तिम दिन जेठ चार गते चित्रेको वडा कार्यालयमा कार्यक्रमको आयोजना गर्न लागिएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive