बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

पर्वतका दुई केन्द्रबाट ११ सय विद्यार्थी एसइईको ग्रेड बृद्धिमा सहभागी हुँदै

साउन २०, २०८२

पर्वत : आउँदो साउन २९ गतेबाट सुरु हुन लागिरहेको एस.इ.ई.को ग्रेड बेद्धि परीक्षामा पर्वत जिल्लाबाट कुल एक हजार एक सय ६६ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् ।
गत वर्षको चैत सात गतेबाट भएको परीक्षामा जिल्लाभरबाट साधारण र प्राबिधिकतर्फका गरेर कुल दुई हजार तीन सय ३४ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएकोमा तीमध्येका एक हजार एक सय ६६ जना ग्रेड बृद्धिको परीक्षामा सहभागी हुन लागेका हुन् । शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्वतका प्रमुख मतिलाल चपाईँका अनुसार जिल्लाका सामुदायिक र निजी गरेर कुल ८५ वटा विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी हुने भएका हुन् ।
ती विद्यालयहरुबाट दुई हजार नौ सय ८७ जना विद्यार्थीहरु गत चैतको परीक्षामा सहभागी हुँदा एक हजार आठ सय २१ जना उत्तिर्ण भएका थिए भने ग्रेड प्राप्त गर्न नसकेकाहरुको सङ्ख्या एक हजार एक सय ६६ जनाले पुन परीक्षामा सहभागी हुन लागेका हुन् ।
विगतमा भएको एस.इ.ई. परीक्षाका लागि जिल्लमा कुल १७ वटा परीक्षा केन्द्र कायम भएको जिल्लमा गत चैतमा भएको २०८१ सालको परीक्षामा नौ वटा परीक्षा केन्द्र कायम गरिएका थिए ।
समन्वय इकाई चपाइका अनुसार विद्यार्थी सङ्ख्या कम भएको अवस्थामा पनि धेरै केन्द्र राख्दा राज्यलाई आर्थिक भार पर्ने भएकोले केन्द्रहरू समायोजन गरिएको थियो । मापदण्ड अनुसार दुई सय ५० जना विद्यार्थी भएको अवस्थामा एउटा केन्द्र राखिनुपर्ने भएकाले सबै न्यून विद्यार्थी भएका ठाउँमा केन्द्र समायोजन गर्नुपरेको थियो ।
अब ग्रेड बृद्धि परीक्षाको लागि भने जिल्लाभरका लागि दुई वटा मात्रै परीक्षा केन्द्र रहने गरी परीक्षा सञ्चालनको तयारी भइरहेको छ । कुश्माको शिवालय माध्यमिक विद्यालयमा निर्धारण गरिएको परीक्षा केन्द्रमा कुल ५९ वटा विद्यालयका चार सय ५२ जना विद्यार्थीहरु सहभागी हुने छन् । जिल्लाको दक्षिणी क्षेत्र पैयुँ गाउँपालिकास्थित हुवासमा रहेको जनसेवा संस्कृत माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा २५ विद्यालयका सात सय १४ जना ग्रेड बृद्धि परीक्षामा सहभागी हुने छन् ।
इकाईका अनुसार गत चैतमा भएको परीक्षामा पाँच जना विद्यार्थीहरु एस.इ.ई. परीक्षामा सहभागी बनाएको जिल्लाको ज्योति माध्यमिक विद्यालय, नौ जना विद्यार्थीहरु परीक्षामा सहभागी बनाएको मदन आश्रित माध्यमिक विद्यालय र सात जना विद्यार्थीहरु परीक्षामा सहभागी बनाएको तुलोदय माध्यमिक विद्यालयले शून्य नतिजा हात पारेका थिए । ती विद्यालयका कोही पनि विद्यार्थीहरु उत्तिर्ण हुन नसकेको तथ्याङ्क कार्यालयमा छ ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive