बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

पर्वतमा अफ्रिकन स्वाइन फिवर सङ्क्रमण, जलजलामा चार वटा बङ्गुर मरे

साउन २८, २०८२

पर्वत : सुँगुर, बङ्गुर र बँदेलमा भाइरसका कारण लाग्ने अति सङ्क्रामक ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण पर्वतमा पनि देखिएको छ।

जलजला गाउँपालिकामा रहेको एउटा बङ्गुर ‘फार्म’ मा रहेकामध्ये चार वटा बङ्गुरहरू मरेका र तिनीहरूको लक्षण ‘अफ्रिकन स्वाइन फिवर’सँग मिलेपछि नमुना परीक्षण गरिएको थियो। मरेका बङ्गुरबाट निकालिएको नमुनालाई केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा लगेर परीक्षण गर्दा ‘अफ्रिकन स्वाइन फिवर’ भएको पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका प्राविधिक प्रकाश परियारले बताए।

करिब १०/१२ दिन अगाडि जलजलाको एउटा ‘फार्म’ मा रहेका बङ्गुरहरू मरेपछि सुरक्षा सतर्कता सहित जिल्लाभर नै पूर्व सतर्कता अपनाउन भनिएको थियो। ‘पिसिआर रिपोर्ट’ ‘पोजेटिभ’ आएपछि जलजलाका फार्म वा अन्यत्रबाट मासु आयात गरेर कारोबार हुने ठाउँहरूमा समेत सङ्क्रमण फैलिन सक्ने भन्दै कार्यालयले जैविक सुरक्षाका उपायहरू अपनाउन भनेको थियो।

पोखरा र तनहुँका केही बङ्गुर ‘फार्म’मा केही समयअगाडि नै ‘अफ्रिकन स्वाइन फिवर’ देखिएको र कुनै माध्यमले ती ‘फार्म’ वा त्यहाँ उत्पादित मासुको कारोबारका कारण जिल्लामा सङ्क्रमण भित्रिएको हुन सक्ने अनुमान गरिएको प्राविधिक परियारले बताए। ती क्षेत्रहरूबाट कुश्माका होटलहरुमा मासु आयात गर्नु, मासुका अंश बढी भएको वा फोहोर भएको खाना सङ्कलन गर्ने भाँडामा पुग्नु र त्यो भाँडाको खाद्यान्न बङ्गुरको दानाको रूपमा फार्मसम्म पुगेको हुन सक्ने प्रारम्भिक अनुमान छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive