बुध, माघ २१, २०८२
Wed, February 4, 2026

भैपरी खर्च दिन आन्दोलनका घाइतेलाई पर्वत प्रशासनको आह्वान

कार्तिक १, २०८२
पर्वत : जेन जी आन्दोलनका घाइतेलाई भैपरी खर्च र परिचय पत्र प्रदान गर्न गएको भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनको क्रममा घाइते भएकाहरूलाई परिचय पत्र तथा भैपरी खर्च वितरण गर्नका लागि जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी गरेको छ ।
गत असोज १२ गते मन्त्री परिषद्ले गरेको निर्णय अनुसार कार्त्तिक दुई गतेबाट परिचय पत्र वितरणको काम गरिने भएकोले प्रशासनले सम्बन्धित व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न आह्वान गरेको हो । युवा पुस्ताहरूको आह्वानमा भएको विरोध प्रदर्शनका क्रममा घाइते भएकाहरूको नामावली गृह मन्त्रालयको सूचीमा समावेश भएको र उनीहरूलाई परिचय पत्र सहित घाइतेहरूलाई तत्कालका लागि भैपरी खर्चबापत २० हजार रुपैयाँ उपलब्ध गराइने पर्वत प्रशासनले बताएको छ ।
आन्दोलनको क्रममा घाइते भई अस्पतालमा उपचार गराएका व्यक्तिहरूले निर्धारित समयमा नै प्रशासनमा सम्पर्क गर्न भनिएको छ । त्यसका लागि विरोध प्रदर्शनको क्रममा घाइते भई अस्पतालमा उपचार गराएको बिरामी टिकट, पुर्जी तथा डिस्चार्ज भएका कागजातहरू, नेपाली नागरिकताको प्रमाणपत्र, परिचय पत्रका लागि फोटो र घाइतेको नाममा रहेको बैङ्क खाताको चेकको प्रतिलिपि बुझाउन प्रशासनले अनुरोध गरेको छ ।
परिचय पत्र र सो को अभिलेखमा घाइतेको औँठाछाप लगाउनुपर्ने भएकोले घाइते स्वयं नै प्रशासनमा उपस्थित हुनुपर्ने भनिएको छ । तर घाइते स्वयं कार्यालयमा उपस्थित हुन सक्ने स्थिति नभएको अवस्थामा घाइतेका परिवारले जानकारी गराउनुपर्ने जिल्ला प्रशासन कार्यालयले बताएको छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive