बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

जे.डी. सेकेन्डरी बोर्डिङ स्कुलको ४० औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

कार्तिक २, २०८२

पर्वत : जे.डी. सेकेन्डरी बोर्डिङ स्कुलले आफ्नो ४०औं वार्षिकोत्सव, सम्मान तथा पुरस्कार वितरण समारोह विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरेको छ ।
कार्यक्रमको अध्यक्षता विदुर नगरपालिकाकी उप–मेयर तथा विद्यालय सञ्चालक समितिकी अध्यक्ष श्रीमती प्रभा बोगटीले गर्नुभएको थियो । सो अवसरमा विद्यालयका संस्थापक अध्यक्ष इस्वरी प्रसाद तिवारी प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो । नेपाल विद्युत प्राधिकरण देबिघाट पाबर हाउसका निमित्त केन्द्र प्रमुख सन्देश ब्रजचार्य,संचलक सदस्य प्रशानस प्रमुख राजन प्याकुरेल, लेखा प्रमुख लक्ष्मी प्रसाद घिमिरे बिशिष्ट अतिथी रहनु भएको थियो ।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष श्री लेनिन रन्जित, वडा नं. ६ का अध्यक्ष श्री श्यामकृष्ण चालिसे, वडा नं. ४ का अध्यक्ष निलम बाबू ढुंगेल र वडा नं. १२ का अध्यक्ष उपेन्द्र खड्का विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो । समारोहमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान वितरण गरिएको थियो । साथै, विद्यार्थीहरूले प्रस्तुत गरेका विविध नृत्य, गीत र नाट्य प्रस्तुतीहरूले कार्यक्रमलाई झन् मनोरञ्जक बनाएको थियो ।
विद्यालयका उप–प्राचार्य श्री जोनी जे.के.ले अतिथिहरू, शिक्षक, विद्यार्थी र अभिभावकप्रति धन्यवाद ज्ञापन गर्दै विद्यालयले आगामी दिनमा पनि शैक्षिक गुणस्तर र अनुशासनमा उदाहरणीय योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
२०४३ सालमा तत्कानीन केन्द्र प्रमुख हुदा इस्वरी प्रसाद तीवारीले परिकल्पना गरेको स्कुल ले ४० औ बर्ष परा गरकोछ।उहा को घर पर्वत जिल्ला फलेवस हो । उहाँ बिशिष्ट मेकानिल इन्जीनियरका रूपमा नेपाल विधुत प्रधिकरणले चिनेकोछ उहाँको योग्दान नुवाकोट बसीले र वट्टर बजार क्षेत्र त्रिसुली बजार आसपसका क्षेत्रका गाउँबासीले परिकल्पनाकार पिताको रूपमा मानेका छन् । धर्मकर्म संस्कारलाई पनि पहिचान गर्नु पनि उहाँको देन रहेकोले नुबाकोटमा पिताले चिनाइरहेको गाउका पुराना कर्मचारीले बताएका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive