मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

एनआरएनए अमेरिकाको मेडिहेल्थ कमिटीको अध्यक्षमा मरासिनी नियुक्त

फाल्गुन १६, २०८२

न्युयोर्क : गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाले मेडिहेल्थ कमिटीको अध्यक्ष पदमा माधव मरासिनीलाई नियुक्त गरेको छ । एनआरएनए अमेरिकाको हालैको निर्णयअनुसार मरासिनीलाई सन् २०२५–२०२७ कार्यकालका लागि सो जिम्मेवारी सुम्पिएको हो ।

क्यालिफोर्निया निवासी मरासिनीलाई संघको विधान र नियमावलीअनुसार उक्त गरिमामय पदमा मनोनयन गरिएको संघद्वारा जारी नियुक्ति पत्रमा उल्लेख छ । एनआरएनए अमेरिकाका अध्यक्ष सतेन्द्र साह र महासचिव मोहन न्यौपानेद्वारा हस्ताक्षरित प्रमाणपत्रमा मरासिनीको कार्यकाल सफल रहने विश्वास व्यक्त गरिएको छ ।

नयाँ जिम्मेवारी पाएपछि प्रतिक्रिया दिँदै माधव मरासिनीले आफूलाई विश्वास गरेर यो महत्वपूर्ण जिम्मेवारी सुम्पिएकोमा एनआरएनए एनसीसी अमेरिकाको सम्पूर्ण नेतृत्वप्रति आभार व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले भन्नुभयो— “आजबाट नयाँ जिम्मेवारी थपिएको छ । मलाई सुम्पिएको यस अभिभारालाई मन, वचन र कर्मले इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।“ उहाँले आफ्नो कार्यकालमा सबैको साथ, सहयोग र मार्गदर्शनको अपेक्षा समेत गर्नुभएको छ ।

अमेरिकामा रहेका नेपाली समुदायको स्वास्थ्य सम्बन्धी सचेतना, सेवा र समन्वयका क्षेत्रमा मेडिहेल्थ कमिटीले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । मरासिनीको नेतृत्वमा यो कमिटीले आगामी दिनमा अझ प्रभावकारी काम गर्ने अपेक्षा समुदायले राखेको छ ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive