मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026

व्यवस्थित बजारका लागि विषयगत समितिसँग उद्योग वाणिज्य संघ पर्वतको छलफल

बैशाख २९, २०८३

पर्वत : पर्वत उद्योग वाणिज्य संघले व्यस्थित बजारका लागि आफ्ना सरोकारवाला पक्षहरुसँग छलफल गरेको छ ।
बजार अनुगमन, मुल्यसूचि, उपभोग अबधि तथा बिक्री मुल्य लगायतका बिबिध बिषयहरूमा बस्तुगत समितिका अध्यक्ष तथा सदस्यहरूसंग छलफल भएको हो । संघका तर्फबाट व्यवसायीहरुसँगको समन्वयमा गर्न सकिने बिभिन्न कामहरुको बारेमा छलफल भएको संघका अध्यक्ष ठाकुर वि पौडेलले बताए ।
संघले सरकारी तथा गैह्र सरकारी संघ तथा संस्थाहरुसँगको सहकार्यमा आगामी दिनमा बजार अनुगमनलाई थप प्रभावकारी बनाउन लागिरहेको भन्दै उनले स्वच्छ तथा कानूनसम्मत कारोबार गर्न सम्पूर्ण व्यवसायीहरूमा अनुरोध गरेका छन् । त्यसका लागि मूल्य सूची सबैले देख्ने गरी अनिवार्य रूपमा राख्नुपर्ने, नियमित रूपमा बिल बिजक जारी गर्ने, व्यवसाय दर्ता प्रमाणपत्र र स्थायी लेखा नम्बर अनिवार्य रूपमा कारोबार स्थलमा राख्नुपर्ने, उत्पादन मिति, प्रयोग मिति र उपभोक्ता मूल्य उल्लेख नभएका सामानको कारोबार नगर्ने, सडेगलेका र म्याद गुज्रिएका सामान कारोबार स्थलमा नराख्ने लगायतका नियाहरु पालना गर्नुपर्ने उनको भनाइ छ ।
यस्तै सही तौल भएको र इजाजतपत्र प्राप्त ढक–तराजु वा इलेक्ट्रोनिक तराजु मात्र प्रयोग गर्नुपर्ने, प्रतिबन्धित सामानको कारोबार गर्न नहुने, अन्तःशुल्क दर्ता बिना सूर्तिजन्य पदार्थको कारोबार गर्न नहुने, करपाटी अनिवार्य रूपमा राखेको हुनुपर्ने, कृत्रिम अभावको सिर्जना गर्न नहुने, कालोबजारी गर्न नहुने पनि संघले उल्लेख गरेको छ ।
यी नियमहरु सहित होटल व्यवसायीहरुले होटल स्वच्छ र सफा राख्नुपर्ने,बासी खानेकुराको कारोबार गर्न नहुने, खानेकुरा छोपेर राख्नुपर्ने, रंगको प्रयोग गर्न नहुने, अखाद्य वस्तुको प्रयोग गर्न नहुने, कामदारलाई सफा पोशाकमा राख्नुपर्ने, कामदारको नियमित स्वास्थ्य परीक्षण गरी नङ र कपाल सानो राख्नुपर्ने लगायतका विषयमा पनि संघले व्यवसायीहरुलाई सतर्क गराएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive