बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

सदरमुकाममा अनलाइनबाट शैक्षिक सत्र सुरु, गाउँका विद्यालयमा अन्योल

साउन १२, २०७८

पर्वत : पर्वत सदरमुकाम कुश्मामा रहेको नारायण माध्यमिक विद्यालय सधैंको वर्षायाममा भए यति बेला बर्खे बिदा हुन्थ्यो। तर‚ यस वर्ष यस विद्यालयमा पठनपाठन भइरहेको छ। ४५ दिन बर्खे बिदा हुने विद्यालय यस वर्ष भने असार १५ गतेदेखि नै १० बजेदेखि ४ बजेसम्म नियमित कक्षा सञ्चालन भइरहेको छ।

कोरोना महामारीका कारण विद्यालय भौतिकरूपमा नखुले पनि अनलाइन माध्यमबाट पठनपाठन भइरहेको शिक्षक सुवास पोखरेलले बताए। कोरोना महामारीको बेलामा सबै क्षेत्र ठप्प रहेको बेलामा विद्यालयले नियमित पठनपाठन गराउँदा खुसी लागेको उनले बताए।

विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पोखरेलले अघिल्लो वर्षदेखि नै अनलाइनमार्फत नै नियमित कक्षा सञ्चालन गरिरहेको बताए। उनले यस वर्ष असार १५ गतेदेखि नै अनलाइन कक्षा धमाधम भइरहेको बताए। कोरोना कहर कम भएपछि भौतिक रूपमा उपस्थित भएर अध्यापन गर्ने आसामा बस्ने हो भने त्यसले ठूलो शैक्षिक क्षति हुने भएकाले प्रविधिबाट कक्षा सञ्चालन गर्नुको विकल्प नभएको उनको भनाइ छ।

सदरमुकामकै अर्को विद्यालय शिवालय माध्यमिक विद्यालयले पनि असारबाटै अनलाइनमार्फत नयाँ शैक्षिक सत्रको सुरुवात गरिसकेको छ। लामो समयसम्म विद्यालय बन्द रहँदा विद्यार्थीहरूलाई मनोवैज्ञानिक असर पर्नुका साथै उनीहरूको शैक्षिक पक्ष नै खलबलिन सक्ने जोखिम रहेकोले पनि अनलाइनबाटै नयाँ शैक्षिक सत्र सुरु गरिएको प्रधानाध्यापक भूपेन्द्र चापागाईँले बताए।

सदरमुकाममा यी दुई सामुदायिक विद्यालय जस्तै सबै निजी विद्यालयले पनि अनलाइनबाट पठनपाठन अगाडि बढाइरहेका छन्।

सदरमुकामका विद्यालयले धमाधम पढाइ गरेको भए पनि ग्रामीण क्षेत्रका बालबालिका भने अलमलमा नै छन्। कतिपय विद्यालयहरूले जसोतसो अनलाइन पढाइ सुरु गरे पनि गाउँगाउँमा रहेका अधिकांश विद्यालय भने क्रियाकलापविहीन छन्। ग्रामीण क्षेत्रका धेरै बासिन्दाको आर्थिक अवस्था कमजोर रहँदा स्मार्टफोन किन्न नसक्नुइन्टरनेट जडान गर्न नसक्नु तथा ग्रामीण क्षेत्रमा इन्टरनेट प्रदायक संस्था नहुनु जस्ता कारणले समस्या भइरहेको फलेवास नगरपालिकाको जनसहयोगी माविका प्रधानाध्यापक गणेशबहादुर थापा बताउँछन्।

गाउँमा बजारमा जस्तो नहुने रहेछन यहाँ नेट गतिलो टिप्छन महँगो नेट र मोबाइल किन्न सक्ने अभिभावकको क्षमता छ। २/४ जनाले सक्छन् भन्दैमा सबैले सकेको भन्न मिल्दैन‚ उनले भने, ‘१० जनाले अनलाइनमा पढेर४० जना बाहिर रहे भने त ती ४० जना शिक्षाको अधिकारबाट बञ्चित रहे नि। शिक्षकले त खोप पायौँ अब विद्यार्थीलाई पनि खोप आइदिए बरु विद्यालय नै खुलाउन सकिने थियो होला।

शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्वतका प्रमुख उद्धीमराज पौडेलले पनि सदरमुकाम र आसपासका विद्यालयहरूले अनलाइनमार्फत नै नयाँ शैक्षिक सत्र सुरु गरेका भए पनि गाउँमा रहेका विद्यालयहरूले त्यो गर्न नसकिरहेको बताए। गाउँका कतिपय विद्यालयले सञ्चालन गरिरहेका अनलाइन कक्षाहरूमा पनि विद्यार्थीको उपस्थिति राम्रो नभएको खबर आएको उनको भनाइ छ।

एउटै घरमा दुईजना बच्चा भएमा उनीहरूको लागि दुईवटा स्मार्ट फोन आवश्यक छ। गाउँमा इन्टरनेट जडानका लागि शुल्क महँगो भएकाले अस्थायी समयको लागि हजारौँ रुपैयाँ लगानी नगर्ने सोचमा अभिभावक रहेको देखिन्छ। केही समयपछि कोरोना कहर शान्त भएपछि विद्यालय खुल्ने भएकाले अहिले ऋण नै गरेर नेट जोड्ने तथा महँगा मोबाइल नकिन्ने अभिभावकहरू बताउँछन्।

थाहाखबर बाट साभार गरिएको सामग्री

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive