सोम, साउन ४, २०८३
Mon, July 20, 2026

गत आर्थिक वर्षमा पर्वत ट्राफिकले उठायो ७५ लाख राजश्व

साउन ४, २०८३

 

पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत आर्थिक वर्ष २०८२/०८३ मा ७५ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक प्रवीण भट्टराईका अनुसार १२ महिनाको अवधिमा ट्राफिक नियमको उल्लङ्घन गरेका ८ हजार सवारी साधनहरूमाथि गरिएको कारबाहीबाट ७५ लाख ५ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन भएको हो । आर्थिक वर्ष २०८१/०८२ मा १० हजार ८ सय ३७ सवारीमाथि कारबाही गरेर १ करोड १३ लाख रुपैयाँ सङ्कलन भएकोमा गत आर्थिक वर्षमा ३३.५८ प्रतिशतले कमी आएको हो ।

ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक सबैभन्दा बढी भदौ महिनामा ८ सय ५० वटा सवारी कारबाहीमा पर्दा तिनीहरूलाई ८ लाख २८ हजार रुपैयाँ जरिवाना गरिएको छ । यो महिनामा १ सय ८ ट्रक/टिपरबाट ९२ हजार ५ सय, ४४ वटा बसबाट ३७ हजार ५ सय, ३ सय ८८ कार/जिपबाट ३ लाख ७७ हजार, ४८ वटा ट्र्याक्टरबाट ३७ हजार, २ सय ६१ मोटरसाइकलबाट २ लाख ८३ हजार ५ सय र अन्य सवारीबाट ५ सय रुपैयाँ उठेको छ ।

आर्थिक वर्षको पहिलो महिना साउनमा ७ सय ११ सवारीमाथि भएको कारबाहीबाट ६ लाख ७२ हजार ५ सय सङ्कलन भएको छ । जसमा ९१ ट्रक/टिपरबाट ७२ हजार, ३७ वटा बसबाट २६ हजार, ३ सय ४० कार÷जिपबाट ३ लाख ३० हजार, ४८ वटा ट्र्याक्टरबाट ३५ हजार तथा १ सय ९५ मोटरसाइकलबाट २ लाख ९ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन भएको ट्राफिक प्रहरी प्रमुख भट्टराईले बताए ।

असोज महिनामा ६३ ट्रक/टिपरबाट ५६ हजार, ३१ वटा बसबाट १९ हजार ५ सय, २ सय ५७ कार/जिपबाट २  लाख ६४ हजार ५ सय, ३२ वटा ट्र्याक्टरबाट २५ हजार ५ सय, १ सय ४८ मोटरसाइकलबाट १ लाख ६० हजार ५ सय तथा अन्य १ सवारीबाट १ हजार रुपैयाँ राजश्व उठेको छ । कात्र्तिक महिनामा ६५ ट्रक/टिपरबाट ५५ हजार, २९ वटा बसबाट २२ हजार ५ सय, २ सय ४८ कार÷जिपबाट २ लाख ५१ हजार ५ सय, १७ वटा ट्र्याक्टरबाट १४ हजार, १ सय ५२ मोटरसाइकलबाट १ लाख ६१ हजार ५ सय तथा अन्य ३ सवारीबाट २ हजार रुपैयाँ जरिवाना उठेको छ ।

यस्तै मङ्सिर महिनामा ६ लाख ४३ हजार ५ सय रुपैयाँ जरिवाना उठेको छ । यो महिनामा ७९ ट्रक÷टिपरबाट ७०  हजार, ३५ वटा बसबाट २६ हजार, ३ सय २६ कार/जिपबाट ३ लाख १२ हजार, २५ वटा ट्र्याक्टरबाट १९ हजार ५ सय, २ सय ६ मोटरसाइकलबाट २ लाख १५ हजार तथा अन्य १ सवारीबाट १ हजार रुपैयाँ जरिवाना सङ्कलन भएको हो । पौष महिनामा ८७ वटा ट्रक/टिपरबाट ७६ हजार ५ सय, ३९ वटा बसबाट २६ हजार ५ सय, ३ सय ४ कार/जिपबाट २ लाख ९५ हजार, ३० वटा ट्र्याक्टरबाट २२ हजार ५ सय, १ सय ७३ मोटरसाइकलबाट १ लाख ७६ हजार तथा अन्य ४ सवारीबाट २ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

माघ महिनामा ८४ वटा ट्रक/टिपरबाट ६५ हजार ५ सय, ३६ वटा बसबाट २५ हजार, २ सय ७५ कार/जिपबाट २ लाख ६६ हजार, २३ वटा ट्र्याक्टरबाट १५ हजार ५ सय, १ सय ५८ मोटरसाइकलबाट १ लाख ५० हजार ५ सय  तथा अन्य ४ सवारीबाट २ हजार सङ्कलन हुँदा फागुन महिनामा ६८ वटा ट्रक/टिपरबाट ५५ हजार ५ सय, २८  वटा बसबाट १९ हजार, २ सय ६७ कार/जिपबाट २ लाख ५५ हजार ५ सय, २४ वटा ट्र्याक्टरबाट १८ हजार ५ सय, १ सय ४२ मोटरसाइकलबाट १ लाख ३९ हजार ५ सय सङ्कलन भएको छ ।

यस्तै चैत महिनामा ८४ वटा ट्रक/टिपरबाट ६८ हजार ५ सय, ३७ वटा बसबाट २४ हजार, २ सय ९० कार÷जिपबाट २ लाख ७५ हजार ५ सय, ३१ वटा ट्र्याक्टरबाट २१ हजार ५ सय, १ सय ४१ मोटरसाइकलबाट १ लाख ४२ हजार ५ सय तथा अन्य ५ सवारीबाट २ हजार ५ सय रुपैयाँ राजश्व उठेको छ । वैशाख महिनामा १ सय ५ वटा ट्रक/टिपरबाट ८८ हजार, ६३ वटा बसबाट ४८ हजार, ३ सय ९६ कार÷जिपबाट ३ लाख ७१ हजार, ४८ वटा ट्र्याक्टरबाट ३३ हजार ५ सय, २ सय २० मोटरसाइकलबाट २ लाख १६ हजार तथा अन्य १० सवारीबाट ७ हजार रुपैयाँ जरिवाना उठेको छ ।

जेठ महिनामा ९५ वटा ट्रक/टिपरबाट ७८ हजार ५ सय, ४६ वटा बसबाट ३८ हजार, ३ सय ५० कार/जिपबाट ३ लाख ५१ हजार ५ सय, ३४ वटा ट्र्याक्टरबाट २७  हजार, २ सय ३२ मोटरसाइकलबाट २ लाख ३४ हजार ५ सय तथा अन्य १० सवारीबाट ५ हजार ५ सय उठेको छ । आर्थिक वर्षको अन्तिम असार महिनामा ६ लाख ८४ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । जसमा ९५ वटा ट्रक/टिपरबाट ७६ हजार ५ सय, ५३ वटा बसबाट ३७ हजार, ३ सय ७१ कार÷जिपबाट ३ लाख ३७  हजार, ५० वटा ट्र्याक्टरबाट ३१ हजार ५ सय, २ सय ६ मोटरसाइकलबाट १ लाख ९५ हजार तथा अन्य १३ सवारीबाट ७ हजार रुपैयाँ राजश्व उठेको कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक प्रवीण भट्टराईले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive