शनि, साउन ९, २०८३
Sat, July 25, 2026

जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित

साउन ९, २०८३

पर्वत — जलजला गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स सेवामार्फत आर्थिक वर्ष २०८२/०८३ मा ५४० जना नागरिकले सेवा लिएका छन्। गाउँपालिकाले अति विपन्न, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिला र आकस्मिक स्वास्थ्य सेवाको आवश्यकता भएका नागरिकलाई निःशुल्क तथा अन्य नागरिकलाई सहुलियतपूर्ण रूपमा एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

गाउँपालिकाले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार कुल ५४० लाभग्राहीमध्ये २२० जनाले निःशुल्क सेवा प्राप्त गरेका छन् भने ३२० जनाले सःशुल्क सेवा उपयोग गरेका छन्। सःशुल्क सेवाबाट रु. १४ लाख ५० हजार राजस्व संकलन भएको छ।

एक वर्षको अवधिमा एम्बुलेन्सले ७ हजार ७२४.६१ लिटर इन्धन खपत गर्दै कुल ८१ हजार १०५ किलोमिटर दूरी तय गरेको तथ्यांक सार्वजनिक गरिएको छ।

गाउँपालिकाका अनुसार एम्बुलेन्स सेवाले विशेष गरी गर्भवती तथा सुत्केरी महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत लक्षित वर्गका नागरिकलाई स्वास्थ्य संस्थासम्म सुरक्षित र सहज पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

गाउँपालिकाले नागरिकको जीवन रक्षा, स्वास्थ्य सेवामा सहज पहुँच र सेवाप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि एम्बुलेन्स सेवालाई अझ व्यवस्थित, प्रभावकारी, पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive