सोम, फाल्गुन १८, २०८२
Mon, March 2, 2026

जोखिममा मुस्लिमले शव गाड्ने ‘कबरस्तान’

साउन १९, २०७८

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेका मुस्लिम समुदायले शव गाड्न प्रयोग गर्दै आएको ठाउँ ‘कबरस्तान’ पहिरोको उच्च जोखिममा परेको छ।

कुश्मा नगरपालिका–५ बडागाउँस्थित कालीगण्डकी नदी किनारमा रहेको कबरस्तानको एकापट्टीको भागबाट जमिन भासिने र पहिरो खस्ने क्रम नरोकिँदा शव गाड्नको लागि प्रयोग हुँदै आएको ठाउँ जोखिममा परेको मुस्लिम सेवा समिति पर्वतका अध्यक्ष जलालुदिन मियाले बताए।

‘हामीले जहाँ पायो त्यहाँ शव गाड्न पाउँदैनौँ। यो कबरस्तानको एकापट्टीको भागबाट पहिरो झरिरहेको छ, जमिन भासिएको छ। निर्माण गरेको वाल पनि पहिरोले भत्काएको छ‚’ उनले भने, ‘अन्यत्र कबरस्तान बनाउन ठाउँ छैन, भए पनि पाइँदैन। यहाँको पहिरो रोक्नका लागि नगरपालिकाले केही गरिदिए हुने हो।’

समितिका सचिव अस्गर अलि मियाले पहिरो रोकथाम गर्न सकिने उपायबारे खोजी गर्न इञ्जिनिययरलाई लगेको र उनले करिब १० लाख रुपैयाँ बजेट लाग्ने अनुमान गरेको बताए। एक रोपनी क्षेत्रफलमा सिमेन्टको वाल निर्माण गरेर घेराभित्र राखिएको कबरस्तानमा एकातर्फको छेउ बर्सेनि खस्दै गएका कारण शव गाड्नको लागि ठाउँ समेत अभाव हुने अवस्था आएको मिया बताउँछन्।

कबरस्तान कालीगण्डकी नदी किनारसँग जोडिएको भीरको माथिल्लो सतहमा रहेको छ। डिलमा रहेको जमिन हरेक वर्ष थोरै थोरै खसेर भूक्षय हुँदै आएकोमा यस वर्ष भएको बढी वर्षाका कारण पहिरो पनि बढी गएको छ।

थाहा खबरबाट साभार गरिएको

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive