बिहिबार, चैत्र १३, २०८१
Thursday, March 27, 2025

४८ औँ भूसंरक्षण दिवस : गुप्तेश्वर गुफानेरको पहिरोमा वृक्षारोपण (फोटो फिचर)

संजय रेग्मी
पर्वत : आज परेको भूसंरक्षण दिवसको अवसरमा भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले कुश्मा नगरपालिका–४ गुप्तेश्वर गुफा नजिकैको पहिरो स्थलमा वृक्षारोपण गरेको छ ।


सहायक प्रमुख जिल्ला अधिकारी दिनेश शर्मा, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी, वडा नं. ४ का वडाध्यक्ष मिना कर्माचार्य, भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख बरिष्ठ जलाधार व्यवस्थापन अधिकृत दिवाकर पौडेल सहित विभिन्न पेशामा रहेका व्यक्ति तथा स्थानीयले बाँस, बैस, अम्रिसो र नेप्पियर गरी चार जातका बिरुवाहरु रोपिएको हो । वृक्षारोपणको शुभारम्भ सहायक प्रमुख जिल्ला अधिकारी शर्माले गरेका थिए ।
वृक्षारोपण कार्यक्रममा बोल्दै कार्यालय प्रमुख पौडेलले पहाडी क्षेत्रका भिरालो जमिनमा बस्तीहरु रहनु र तिनै बस्तीलाई लक्षित गरी भौतिक पूर्वाधारहरुको निर्माणका क्रममा प्राकृतिक समस्याहरु आइरहेको बताए । भूक्षयलाई रोक्नका लागि वृक्षारोपणको महत्व ठूलो भएकाले जोखिमका ठाउँहरुमा बिरुवा रोप्नुका साथै भौतिक पूर्वाधार निर्माण गरेर पनि भूसंरक्षण गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ । ‘पहाडका बस्तीलाई लक्षित गरेर पूर्वाधार निर्माण गर्दा बाढी पहिरो लगायतका समस्याहरु बढीरहेको अवस्था छ । पूर्वाधार निर्माण गर्दा त्यहाँको भूसंरक्षणका लागि गर्न सम्भव भएका कुराहरु कार्यान्वयन भएकै हुनुपर्छ’ पौडेलले भने, ‘भूसंरक्षणका लागि यो कार्यालयले हेर्नुपर्ने जिल्लाहरुमा धेरै बजेटको आवश्यकता छ । तर हामीलाई सिमित बजेट आएका कारण नागरिकको माग अनुसार दिन सकिएको छैन् ।’


पञ्चायत कालमा बाढी, पहिरो तथा भूक्षय सम्बन्धि कामहरु गर्नका लागि बिभागको स्थापना भएको भए पनि अहिले संघियतामा यसलाई झन खुम्च्याइएको बरीष्ठ अधिकृत पौडेलको भनाई छ । भूक्षय नेपालको ठूलो समस्या भएकाले हरेक जिल्लामा कार्यालय राखेर भूसंरक्षणको काममा खटीनुपर्ने बेलामा संघियता आएपछि भने एउटै कर्यालयबाट ५÷७ वटा जिल्ला हेर्नुपर्दा हरेक जिल्लामा समस्या भइरहेको उनले बताए । पौडेलले भूसंरक्षणका लागि काम गर्ने नै हो भने हरेक जिल्लामा कार्यालय स्थापना गरिनुपर्ने उल्लेख गर्दै त्यसको महत्वको बारेमा बुझिदन नीति निर्माण बनाउने तहमा रहेका सम्बन्धित निकायलाई अनुरोध गरे ।


२०३१ साल साउन २४ गते भूसंरक्षण विभाग स्थापना भएको सम्झनामा नेपालमा हरेक वर्ष भूसंरक्षण दिवस मनाउने गरिएको छ । ‘प्राकृतिको भरण पोषण : प्रभावकारी भूसंरक्षण’ भन्ने नाराका साथमा यस वर्षको ४८ औँ भूसंरक्षण दिवस मनाईएको छ ।


दिवसका अवसरमा पर्वतका स्थानीय तह तथा वडा कार्यालयहरुले पनि वृक्षारोपण, सचेतना लगायतका विभिन्न कार्यक्रमहरु सम्पन्न गरेका छन् ।

spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive