मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

लायन्स क्लव अफ ब्रिज सिटीको सरसफाई कार्यक्रम

साउन २६, २०७८

पर्वत : लायन्स क्लव अफ पर्वत ब्रिज सिटी कुश्माको आयोजनामा सरसफाई तथा विरुवा गोडमेल कार्यक्रम समपन्न भएको छ । लायन्स क्लव अफ पर्वत ब्रिज सिटी बर्ष २०२१÷२०२२ का अध्यक्ष सन्दिपमान श्रेष्ठको अध्यक्षतामा कुश्मा नगरपालिका ६ स्थित धनेश्वर शिवालय मन्दिरमा चौथो सोमवारको अवसरमा मन्दिर परिसरमा सरफाई प्रसाद वितरण कार्यक्रमको आयोजना गरिएको थियो ।
धनेश्वर शिवालय मन्दिर समितिका अध्यक्ष ज्ञानेन्द्र पहाडीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा लायन्स क्लव अफ पर्वत ब्रिज सिटिको पुर्व अध्यक्ष देवी प्रसाद विलासी, लायन्स कोच एडभाइजर बसन्तकुमार कर्माचार्य र कार्यक्रमका अध्यक्ष ज्ञानेन्द्र पहाडीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा लायन्स लिडर बसन्तकुमार कर्माचार्यबाट मन्दिरका अध्यक्ष ज्ञानेन्द्र पहाडीलाई सरसफाई सामग्री हस्तान्तरण गर्नुभएको थियो । उक्त कार्यक्रममा लायन्स डिपार्टमेण्ट चिफ विषमकुमार श्रेष्ठ, क्लस्टर चिफ लायन्स अर्जुनप्रसाद चापागाई, रिजन चियर पर्सन लायन्स डिल्लिराम शर्मा, जोन चियर पर्सन लायन्स इश्वरी पाठक, अड लायन्स क्लवका अध्यक्ष तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियोे भने कार्यक्रमको सञ्चालन ब्रिज सिटिका सचिव विष्णुराज पुरीले गर्नुभएको थियो । क्लवका अध्यक्ष सन्दिपमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य द्धितीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठले गर्नुभएको थियो ।

 

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive