बुध, माघ २८, २०८२
Wed, February 11, 2026

७५ हजार नगद सहित ७ जुवाडे पक्राउ

साउन २६, २०७८

साउन २६, २०७७
पर्वत : जिल्लाको मोदी गाउँपालिका–२ पातीचौरमा जुवा खेल्दै गरेको अवस्थामा ७५ हजार नगद सहित सात जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार पातीचौर स्थित महेश कुमार शर्माको घरको कोठामा गत साउन २४ गते जुवा तास खेलिरहेको भन्ने गोप्य सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक अधिकारीकै नेतृत्वमा पुगेको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकाहरूमा सोही ठाउँका ३८ वर्षिय टेक बहादुर पुन पुर्जा, ५० वर्षीय थान बहादुर विश्वकर्मा, ४८ वर्षिय कुल बहादुर हमाल, ४० वर्षिय लेख बहादुर मल्ल, ७३ वर्षिय रामचन्द्र शर्मा र मोदी गाउँपालिका–५ बाजुङका ५५ वर्षिय दुर्गा बहादुर पौडेल रहेका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive