बुध, माघ २१, २०८२
Wed, February 4, 2026

दुर्गा गुरुङको निर्माणमा बनेका दुई भिडियोको बाजुङमा यसरी भइरहेछ छायाङ्कन

कार्तिक १७, २०७८

कात्तिक १७, २०७८
पर्वत : पर्वतको मोदी गाउँपालिका–५ बाजुङको चिनारी दिने गरी तयार भएको एउटा गित र एउटा चिनारी विशेष भिडियोका छायांकन चलिरहेको छ।
मिलन डि.जी. इन्टरनेशनल प्रा.लि.को ब्यानरमा ‘बाजुङ फलाल्ने गुरुङ चिनारी’ र ‘समग्र बाजुङ गाउँको चिनारी’ गरी दुई वटा भिडियोको बाजुङको विभिन्न स्थानमा छायांकन भइरहेको निर्देशक लभसङ गुरुङले बताए। ‘बाजुङ फलाल्ने गुरुङ चिनारी’ गीतमा बाजुङमा रहेका गुरुङहरुको मौलिक संस्कृति, परम्परा, शैली, भेषभुषा लगायतका कुराहरु देखाउन लागिएको छ। पछिल्लो समयमा बढ्दै गएको बसाईँसराईँको कारण मौलिक संस्कृतिहरु लोप हुँदै गएका कारण बसाईँ सरेर गएका तथा अब जन्मिने नयाँ पुस्तालाई पनि स्थानीय र परम्परागत शैलीको जानकारी होस भन्ने उद्धेश्यले गीत बनाइएको हो।


‘समग्र बाजुङ गाउँको चिनारी’ गीतमा भने बाजुङमा रहेका विभिन्न आकर्षक कुराहरुलाई क्यामेरामा कैद गर्न लागिएको छ। धर्म, संस्कृचि, परम्परा, रीतिरिवाज, चालचलन, भौगोलिक अवस्था, लगायतका कुराहरु म्यूजिक भिडियोमा राख्न लागिएको निर्माण कम्पनी मिलन डि.जी.का अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’ ले बताए। ‘हामीले दुई भिडियोको छायांकन गरिरहेका छौँ। पहिलो गीतमा बाजुङको फलाल्नेमा रहेका गुरुङहरुको संस्कृति र परम्पराका विषयलाई उतार्न लागेका छौँ। जसले बाजुङ छाडेर गएका त्यहाँका गुरुङहरुलाई गाउँको सम्झना दिलाउने छ। अब जन्मिने नयाँ पुस्तालाई आफ्ना पुर्खाको अवस्थाको बारेमा जानकारी दिने छ,’ उनले भने, ‘दोस्रो भिडियोमा समग्र बाजुङको अवस्थिति, चलन, परम्परा, दिनचर्या लगायतको विषयमा सकेसम्म धेरै कुरा देखिने गरी छायांकन गर्न लागिएको छ। त्यो बाहेक यी दुवै गीतको छायांकनको रिपोर्ट बनाउने गरी तेस्रो क्यामेराबाट पनि सुट हुँदै छ।’


दुवै गीतको परिकल्पनाकार तथा लेखक दुर्गा गुरुङ मिलन हुन भने गुरुङको चिनारी देखाउने गीतमा राखिएको गुरुङ भाषी गीतमा सुवास गुरुङ (गणेश) को पनि शब्द रचना रहेको छ। मिलन नेवारले स्वर भरेको गीतको संगीतकार तथा एरेन्जर तेजेन्द्र गुरुङ हुन्। निर्देशक लभसङ गुरुङकै कोरियोग्राफीमा बन्न लागेको भिडियोमा नायिका उर्मिला गुरुङ र विश्वआत्मा गुरुङ (शिशिमानु) को प्रमुख अभिनय रहने छ। प्रकास गुरुङ (काश) को छायांकन रहने भिडियोका लागि खुसी गुरुङ र देबी गुरुङ प्रोजेक्ट म्यानेजर रहेका छन्।


करिब १० लाखको लगानीमा गर्न लगानीमा निर्माण हुन लागेको गीतको यही कात्तिक १९ गतेसम्ममा छायांकनको काम सक्ने तयारी गरिएको छ। छायांकनमा करिब ४५ जना जनशक्ति खटिएका छन्। मिलन डि.जी. को ब्यानरबाट बाट यस अगाडि नै भेडी गोठाले नामक चलचित्र बनिसकेको छ। जसले आदिवासी जनजाती चलचित्र (मातृभाषी) अवार्ड २०७३ समेत पाएको थियो। त्यस्तै, सोही ब्यानरबाट बाजुङ भौगोलिक तथा साँस्कृतिक वृत्तचित्र, बाजुङ गीत (भौगोलिक र साँस्कृतिक कुरा सहित) पनि निर्माण भइसकेका छन्।
मिलन डि.जी मिलन फाउन्डेसनसँगै आवद्ध रहेको संस्था हो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive