मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

गण्डकीका मुख्यमन्त्री पोखरेल र प्रधानसेनापति शर्माबिच भेटघाट

मंसिर १३, २०७८

मङ्सिर १३, २०७८
पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबिच भेट भएको छ।
मुख्यमन्त्री कार्यालयमा आइतबार भएको भेटमा मुलुकको शान्ति सुरक्षा र समसामयिक विषयमा कुराकानी भएको छ। मुख्यमन्त्री पोखरेलले मुलुकको हितमा नेपाली सेनाले निभाउँदै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे। कतिपय मुलुकमा सेनाको हस्तक्षेप र महत्त्वाकाङ्क्षाका कारण राजनीति अस्थिरता र उथलपुथल भए पनि नेपालमा सुरुदेखि नै नेपाली सेनाले संयमित भएर परिवर्तनलाई स्विकार्दै कर्तव्य निभाएको भनाइ राखे।
कोरोना काल, प्राकृतिक विपत्तिका बेला नेपाली सेना जहिल्यै पनि अग्रपङ्क्तिमा खटिएको भन्दै उनले सीमित स्रोत र साधनका बिच सेनाले नागरिकको सेवामा खटिएको उनले स्मरण गरे।
प्रधानसेनापति शर्माले नेपाली सेना जहिल्यै राष्ट्र हितमा लागिपरेको भन्दै विकास निर्माणका साथै मुलुकलाई चाहिएको खण्डमा हरदम सेवामा तत्पर रहेको भनाइ राखे। गण्डकी प्रदेशबाट नेपाली सेनामा भर्ती हुनेको सङ्ख्या अधिक रहेको र आफ्ना पिता पुर्खासमेत कस्केली रहेको उनले मुख्यमन्त्रीसँगको भेटमा बताए। आफू जिम्मेवारीमा आएपछि सबै प्रदेशको वस्तुस्थिति बुझ्नका लागि भ्रमण थालेको उनले जानकारी गराए।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा अब पुरानो विमानस्थलको प्रयोगका बारेमा सोच्ने बेला आएको उनले बताए। पर्यटकीय केन्द्र पोखरामा साहसिक पर्यटन र आकस्मिक अवतरणका लागि उक्त स्थल खाली नै राख्नुपर्ने भन्दै उनले त्यसमा कुनै खालका संरचना नबनाउनका लागि अनुरोध गरे। विपत्तिका बेला बच्नका लागि पनि सहरमा ठुलो स्थान चाहिने भएकाले अहिलेको विमानस्थलको जमिन बचाइराख्नुपर्ने उनको सुझाव थियो। आइतबार मनाङ हुँदै पोखरा आएका उनले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग पनि भेट गरेका थिए। उनी सोमबार मुस्ताङ जाँदै छन्।
उक्त अवसरमा गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थले प्रदेश सरकार र सुरक्षा निकायबबीचको सम्बन्धका बारेमा जानकारी गराए। भेटमा बिना विभागीय मन्त्री डोवाटे विक, प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडी, नेपाली सेना पश्चिम कमान्ड प्रमुख उपरथी बाबुराम श्रेष्ठसहित सहभागी थिए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive