बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

गुरुकुल एकेडेमीद्धारा कोरोनाका कारण मृत्यू भएका शिक्षक श्रेष्ठको परिवारलाई सहयोग

सरिता पौडेल
मङ्सिर २५, २०७८
पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको पर्वत गुरुकुल एकेडेमीले विद्यालयमा शिक्षण गरेका शिक्षक हरि कुमार श्रेष्ठको परिवारलाई आर्थिक सहयोग गरेको छ ।
फलेवास नगरपालिका–५ देवीस्थान घर भई लामो समयसम्म विद्यालयमा रहेर शिक्षण सेवामा रहेका शिक्षक श्रेष्ठको गत जेठ दुई गते कोभिड–१९ संक्रमणका कारण मृत्यू भएपछि उनको परिवारलाई सघाउनका श्रीमती अनिता श्रेष्ठलाई नगद एक लाख रुपैयाँ प्रदान गरिएको विद्यालयका निमित्त प्रधानाध्यापक उज्वल अधिकारीकाले जानकारी दिए । यस बाहेक स्वर्गीय शिक्षक श्रेष्ठका छोरा आयुष श्रेष्ठलाई गुरुकुल एकेडेमीमा कक्षा १२ सम्म अध्ययनका लागि निशुल्क हुने व्यवस्था गरिएको छ ।
‘दुखीरहेको घाउमा थोरै भए पनि मल्हम लगाउन सहज होस भनेर स्वर्गीय हरि सरको सम्मानमा परिवारको लागि सहयोग गरेका हौँ । कोभिड संक्रमणको बेलामा हामीले बचाउनको लागि धेरै प्रयास गर्दा पनि सकेनौँ,’ उनले भने, ‘कोभिड संक्रमणको बेलामा विद्यालय नै बन्द भयो । हामी पनि समस्यामा नै छौँ, तर लामो समयसम्म विद्यालयमा सेवा गर्नुभएका शिक्षक गुमाउनुपर्दाको पिडालाई कम गर्न आर्थिक सहयोग गरेका हौँ ।’
आर्थिक सहयोग हस्तान्तरणको क्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपुबाबु गिरीले विद्यालयमा गर्नुभएको सेवा अतुलनीय रहेको बताउँदै थोरै भए पनि सहयोग उपलब्ध गराइएको बताए । स्वर्गीय शिक्षक श्रेष्ठको छोरालाई कक्षा १२ सम्म निशुल्क अध्ययनले पनि परिवारको आर्थिक बोझलाई केही हदसम्म भए पनि हल गर्न सहयोग गर्ने उनको भनाई थियो ।
यस्तै विद्यालयका शिक्षक लाल बहादुर क्षेत्रीले स्वर्गीय शिक्षक श्रेष्ठ एक कुशल र कर्मठ शिक्षकका रुपमा रहेको उनको निधनले शिक्षा क्षेत्रको एउटा तारा गुमेको बताए । विद्यालयको शैक्षिक गुणस्तर उकास्नको लागि उनले गरेको प्रयास सबैका लागि उदाहरणीय भएको उनको भनाई छ ।
यस्तै शिक्षक राम श्रेष्ठले विद्यालयले गरेको सहयोगले परिवारलाई थोरै भए पनि सान्त्वना मिल्ने उल्लेख गरे । कोरोना संक्रमण भई मृत्यू भएकाहरुका परिवारलाई सम्बन्धित संस्थाहरुले केही न केही सहयोग गर्दा उनीहरुप्रति सम्मान हुनुका साथै परिवारको समस्यालाई न्यूनिकरण गर्न पनि सजिलो हुने उनको भनाई छ ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive