बुध, माघ २८, २०८२
Wed, February 11, 2026

देउवाले ८११ मत ल्याउँदा कोइरालाले ल्याए ६२६

मंसिर २८, २०७८

काठमाडौं : नेपाली कांग्रेसको भइरहेको सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै गरेका छन्। १७०० मत गणना सकिँदा उनले ८११ मत ल्याएका छन् भने अर्का प्रत्यासी डा. शेखर कोइरालाले ६२६ मत ल्याएका छन्।

यसैगरी प्रकाशमान सिंहले १४९, विमलेन्द्र निधिले ९७ र कल्याण गुरुङले ६ मत ल्याएका छन्।

सोमबार राति सकिएको मतदानपछि मंगलबार बिहानदेखि मतगणना सुरु भएको हो।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार ४ हजार ६७९ मत खसेको छ। नेपाली कांग्रसका कूल ४ हजार ७४३ मतदाता रहेका थिए।

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पाँच जनाले उम्मेदवारी दिएका छन्। त्यसमध्ये देउवा र र कोइरालाले प्यानल बनाएरै चुनावमा उत्रिएका छन्।

पार्टीको विधानअनुसार कांग्रेसको सभापतिमा निर्वाचित हुनका लागि कूल खसेको ५० प्रतिशत बढी मत हुनुपर्छ। ५० प्रतिशत बढी मत नल्याए पहिलो र दोस्रो स्थानमा रहेका दुईबीच दोस्रो चरणको चुनाव हुने प्रावधान छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive