मङ्लबार, फाल्गुन २७, २०८१
Tuesday, March 11, 2025

तीन सामुदायिक बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

पर्वत : पर्वतको कुस्मा नगरपालिका १ पाङका दुई बिद्यालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ ।
पाङको ततारकोट गणेश आधारभुत बिद्यालय तरतरकोट र लक्ष्मी आधारभूत बिद्यालय गहतारा आँगाखेतका बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।
पाङ कुनाचौर स्थित पाङ धैरेनी माबिकी बिद्यालय ब्यबस्थापन समितिकी अध्यक्ष स्वस्थानी रिजालले नजिकका दुई बिद्यालयमा शैक्षिक सामाग्री बितरण गर्नुभएको हो । गणेश आधारभूत बिद्यालयमा ५२ जना बिद्यार्थी र लक्ष्मी प्रा.वि.का ३२ कापी,पेन्सिल तथा इरेजर, साप्नर लगायतका शैक्षिक सामाग्री बितरण गर्नुभएको हो ।
आफनो कार्यकालमा उहाँको नेतृत्वमा बिद्यालयलाई शैक्षिक तथा भौतिक रुपमा नगरपालिकाकै नमुना बिद्यालयको रुपमा स्थापित गर्न प्रयास गरिरहनु भएकी रिजालले अन्य ठाउँमा पनि निरन्तर बिद्यार्थीलाई सहयोग गर्दै आउनुभएको छ । बालबालिकाको शैक्षिक अबस्थामा सुधारका लागि सहयोग गर्ने आफ्नो इच्छा भएकाले सहयोग गरेको रिजालले बताउनुभयो ।
उहाँले यस अघि बिपन्न परिवारका बालबालिकाहरु चिसोमा कठ्यांग्रिदै बिद्यालय जानुपरेको अबस्थामा बालबालिकालाई चिसोबाट बचाउन कुस्मा नगरपालिका आर्थर डाडाँखर्क स्थित शुभकल्याण आधारभूत बिद्यालय र अधेरी नेटास्थित जनकल्याण आधारभूत बिद्यालय , मोदी गाउँपालिकाको आर्दश आधारभूत बिद्यालयमा तथा कुस्मा नगरपालिका वडा नं २ खुर्कोटको खाल्टा स्थित दलित बस्तीका बालबालिकालाई न्यानो कपडा बितरण गर्नुभएको थियो ।
यसैगरी पर्वतको कुस्मा नगरपालिका वडा नं १४ ऐसेलुचौर स्थित प्रगति आधारभूत बिद्यालयमा स्थानिय समाजसेवी सरस्वती शर्माले पनि शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ । कुस्मा १४ अँधेरी नेटा निवासी शर्माले बिद्यार्थीका लागि आवश्यक कापी,पेन्सिल तथा इरेजर, साप्नर लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा सहयोगदाता शर्मा, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष अमृत क्षेत्री र प्रअ इन्दु पौडेलले पनि बोल्नुभएको थियो ।
समाप्त चैत्र १७

 

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive