बुध, फाल्गुन २७, २०८२
Wed, March 11, 2026

जनक माविमा भएको कुश्मा नगरस्तरीय क्वीजमा नारायण माविको जीत

चैत्र १९, २०७८

चैत १८, २०७८
पर्वत : पर्वतको कुश्मा नगरपालिका स्तरमा भएको हाजिरीजवाफ प्रतिगोगितामा कुश्मा नगरपालिका–४ मा रहेको नारायण माध्यमिक विद्यालय प्रथम भएको छ।
जनक माध्यमिक विद्यालयका थुम पिपलटारीमा रहेको जनक मावि भूतपूर्व विद्यार्थी समाजको आयोजनामा शुक्रवार भएको प्रतियोगितामा सहभागी नगरपालिकाका अन्य विद्यालयहरुलाई पराजित गर्दै नारायण माविले पुरस्कार हात पारेको हो। नारायण माविको तर्फबाट आशिष लामिछाने, गौरव लामिछाने र मौनता सुवेदी प्रतियोगितामा सहभागी भएका थिए।
यस्तै प्रतियोगितामा सदरमुकाम कुश्मा बजारमा रहेको नमूना अङ्ग्रेजी आवासिय माध्यमिक विद्यालय दोस्रो भएको छ। नमूनाकोतर्फबाट विन्ती क्षेत्री, उदय सुवेदी र रोशन श्रेष्ठ प्रतियोगितामा सहभागी भएका थिए। यस्तै, कटुवाचौपारीमा रहेको आइबल एकेडेमीले तेस्रो स्थान हात पारेको छ। उक्त विद्यालयबाट मृत तिवारी, गारज तिवारी र आकृति पौडेलले प्रतिस्पर्धा गरेका थिए।
पर्वतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा प्रतियोगिताको सञ्चालन गरिएको विद्यार्थी समाजका सचिव गणेश पौडेलले जानकारी दिए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive