आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

कर्मचारी सङ्गठन कुश्मा नगर अध्यक्षमा पौडेल

चैत्र १९, २०७८

चैत १८, २०७८
पर्वत : नेपाल निजामति कर्मचारी सङ्गठन कुश्मा नगर कमिटीको अध्यक्षमा धनपति पौडेल चयन भएका छन्।
शुक्रवार भएको नगरको पहिलो अधिबेसनबाट उपाध्यक्षमा गिता गैरे र राम वहादुर खड्का सचिवमा निल वहादुर भण्डारी, सहसचिवमा रामचन्द्र शर्मा, कोषाध्यक्षमा दिपक सुवेदी, सदस्यहरुमा पठी वहादुर धामी, सुदर्शन तिवारी, रमेश पौडेल, राजेन्द्र पौडेल, चोलाकान्त पौडेल, अर्जुन अधिकारी, रेख वहादुर नेपाली र यमुना कुमारी गौतम सर्वसम्मत भएका छन्।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि फलेवास नगरपालिकाका प्रमुख तथा नेकपा एमाले जिल्ला कमिटी पर्वतका उपाध्यक्ष पदमपाणी शर्माले सङघियता कार्यान्वयनमा आएसँगै कर्मचारीहरुले दिने सेवाको शैलीमा पनि फरक आएको बताउँदै यसैको लागि मुलुकलाई सङघियताको खाँचो रहेको बताए। कर्मचारीले नागरिकमैत्री व्यवहार गरेमा हरेक नागरिकलाई खुसी राख्न सकिने बताउँदै उनले प्रबिधिको विकास र दक्ष जनशक्ति कर्मचारीका रुपमा भित्रिनुले नागरिकले छिटो र कुशल सेवा पाएको भनाई राखे।
अध्यक्ष बनेपछि आफ्नो प्रतिक्रिया दिँदै पौडेलले कर्मचारीहरुको वृत्ति विकासका लागि सङ्गठनलाई बलियो माध्यमको रुपमा विकास गर्दै जनताप्रति उत्तरदायी कर्मचारीको रुपमा रहन सबैमा अनुरोध गरे। नागरिकले पटक पटक सेवा लिने ठाउँ भनेकै सरकारी कार्यालयहरु भएकाले ती कार्यालयहरुको सेवा चुस्त दुरुस्त हुन सकेमा मात्रै परिवर्तनको महसुस हुन सक्ने भन्दै उनले त्यसका लागि आफू प्रतिबद्ध रहने बताए।
अधिबेसनमा नेकपा एमाले पर्वतका उपसचिव तथा कुश्मा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष शिव शर्मा पौडेल, नेपाल निजामति कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य दिपक शर्मा, पेसागत महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष रामजी प्रसाद पौडेल लगायतको पनि उपस्थिति रहेको थियो। नेपाल निजामति कर्मचारी सङ्गठनका जिल्ला अध्यक्ष बालकृष्ण शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सङ्गठनको जिल्ला कार्यसमितिका सचिव दिपक सुवेदीले गरेका थिए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive