रामशरण पोख्रेल
चैत १७, २०७८
पर्वत : अमेरिकाको बाल्टिमोरमा रहेका नेपालिहरुको पुरानो छाता संगठन बाल्टिमोर एसोसिएसन अफ नेप्लिज (बाना) को १६ औं अधिबेशन नेपाली समय अनुसार यहि चैत २० गते र अमेरिकाको समय अनुसार अप्रिल ३ तारिकमा हुँदैछ ।
बिगत लामो समयदेखि समाज सेवामा समर्पित संगठनको अधिबेशनमा अमेरिका बस्दै आइरहेका उमाकान्त शर्मा(रमेश)ले पनि उम्मेद्बारी दिनुभएको छ । शर्माले सामाजिक ब्यक्तित्व हिरालाल गुरुङ संयोजक रहेको प्यानलबाट ३ बर्षको कार्यकालका लागि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
अमेरिकामा रहेका सबै पर्बतेहरुको प्रतिनिधित्व गर्दै शर्माले बानाको बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो । अन्तराष्ट्रिय पर्वत समाजका केन्द्रिय सदस्य तथा अमेरिका को लागि संयोजक समेत रहेका शर्माले सामाजिक क्षेत्रमा काम गर्दै आउनुभएको छ ।
समाज परिवर्तन, बिकाश निर्माण र बिशुद्द सामाजिक क्षेत्रमा काम गर्दै आइरहेकाले बानामा उम्मेदवारी दिएको भन्दै शर्माले भन्नुभएको छ, बानामा आबद्ध सबै साधारण सदस्यहरुले मलाइ अत्याधिक बहुमतले जिताउनुहुनेछ ।