बिहि, माघ २९, २०८२
Thu, February 12, 2026

पर्वतको पार्टी कार्यालयमै गएर २६ जना नेपाली काङ्ग्रेसमा प्रवेश

चैत्र २३, २०७८
रामशरण पोख्रेल
२३ चैत / पर्वत
पर्वतको कुश्मा नगरपालिका-१०, पिपलटारीका २६ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन । उनिहरुले नेकपा एमाले परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन । पिपलटारीदेखि बस रिजर्भ गरेर नेपाली काङ्ग्रेसमा प्रवेश गर्न काङ्ग्रेस पर्वतको पार्टी कार्यालयमै आएका थिए ।
यो संगै पिपलटारिमा ४० बर्षसम्म राज गरेको एमालेको लालकिल्ला नेपाली काङ्ग्रेसको पोल्टामा पर्न सक्ने देखिएको छ ।
पार्टी प्रवेश गर्नेहरु मध्यबाट कोपिला नेपाली, तिर्थबहादुर नेपाली, नारायण बहादुर नेपाली लगायतले यहि २६ गते केपि वलि पर्वतमा आउदै गर्दाको पुर्वसन्ध्यामा नेकपा एमालेका विरुद्धमा पार्टी प्रवेश गरेको बताएका थिए ।
बिकाश गर्छौं भनेर जनतालाइ भ्रममा पारेर छलेर चुनाब जितेको भन्ने पिपलटारिमा प्रमाणित भएको भन्दै बिकाश भन्दानी आफ्ना दुइचार जना कार्यकर्ता पाल्ने र दादागिरी देखाउने प्रवृत्ति मौलाएकाले पिपलटारिको भबिस्य नेपाली काङ्ग्रेसको हातमा देखेको समेत बताएका थिए । कम्युनिस्टहरुले जितेका वार्डहरुको बिकाशमा भन्दा उनिहरुले काङ्ग्रेसले जितेका वार्डहरुमा राम्रो बिकाश भएको देखेकाले पनि नेपाली काङ्ग्रेसमा प्रवेश गरेको जानकारी गराएका छन ।
नेपाली काङ्ग्रेसमा स्वागत गर्दै पर्वतका पार्टी सभापति युवराज जोशिले जनतालाइ भ्रममा पारेर दुइतिहाइको सरकार बनाएर पाँच बर्ष सरकार चलाउन नसक्ने कम्युनिस्टबाट बिकाशको आशा गर्न नसकिने बताए ।
नेपाली काङ्ग्रेस बिकाशबादी पार्टी भएकाले काममा बिश्वास गर्न आग्रह गर्दै जोशिले केपि वलिका बिकाश भनेका गफ र झुठा आश्वासन मात्रै भएको बताएका थिए ।
पछिल्लो क्रममा नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेहरुको लहर नै आएकाले पनि यो बुझ्न सकिन्छ कि नेपाली जनता कम्युनिस्टहरुदेखी आत्तिएका छन जोशिले भने स्थानीय निर्वाचनमा काङ्ग्रेसलाई जिताएर बिकाशको लहर ल्याउनुपर्नेछ यसको लागि आउदो निर्वाचनमा काङ्ग्रेसलाई जिताउन सहयोग गर्नुहोस ।
नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेहरुमा रबिन नेपाली, महेश नेपाली, बिमल नेपाली, राजु नेपाली, सोसन नेपाली, कृष्ण नेपाली, बिन्दु नेपाली, सन्दिप नेपाली, किशोर नेपाली रहेका छन ।
यस्तै एमाले परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेहरुमा जीवन नेपाली, मनिशा नेपाली, सौगात नेपाली, सदिक्षा नेपाली, सम्सान नेपाली, सन्देश नेपाली, सन्तोष नेपाली, टेक बहादुर नेपाली, सुरेन्द्र नेपाली, सदिप नेपाली, तिर्थ बहादुर नेपाली(अर्जुन), सुवास नेपाली, सम्सान नेपाली, गिता नेपाली, केशव नेपाली, अजय नेपाली, नारायण बहादुर नेपाली लगायत रहेका छन ।
नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेहरुलाइ नेपाली काङ्ग्रेस पार्टी सभापति युवराज जोशी, प्रदेश सदस्य सीता काफ्ले लामिछाने, पार्टीका कुश्मा नगर सभापति किशोर भण्डारी, वार्ड नम्बर १० का पार्टी सभापति नर बहादुर केसि लगायतले खादा माला र साधारण सदस्यता रसिद प्रदान गरि नेपाली काङ्ग्रेसमा स्वागत गरेका थिए ।
कार्यक्रमका अवसरमा नेपाली काङ्ग्रेस गण्डकी प्रदेशकि सदस्य सीता काफ्ले लामिछाने, नेपाल दलित संघ गण्डकी प्रदेशका सचीव याम परियार (शिव) लगायतले नवप्रबेशिहरुलाइ बधाई तथा सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाली काङ्ग्रेस कुश्मा नगरपालिका-१०, पिपलटारीका पार्टी सभापति नरबहादुर केसि को सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत प्रदेश ‘क’ का पार्टी सभापति राजकुमार क्षेत्री र संचालन जिल्ला सचीव गुप्तनिधी शर्माले गरेका थिए ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive