चैत २३, २०७८
पर्वत : पर्वतको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले देशमा संघीयता लागू भएपछि बनेको र कोरा अवस्थामा रहेको फलेवासलाई साँच्चैको नगरपालिका बनाएको छन्।
फलेवास नगरपालिका–१ कार्कीनेटामा निर्माण सम्पन्न भएको कार्कीनेटा सामुदायिक भवनको उद्घाटन गर्दै नगरप्रमुख शर्माले यस्तो बताएका हुन्। संघीयतापश्चात निर्माण भएको नगरपालिकामा विकासका रोखा कोर्नुका साथै नागरिकको जीवनस्तर माथि उठाउने विभिन्न आयोजना तथा कार्यक्रमहरु सञ्चालन गरेर परिवर्तनको अनूभूति दिएको उनको भनाई छ।
‘संघीयता आए पछि न हाम्रो क्षेत्र नगरपालिका बनेको हो। त्यो बेलामा नगरपालिकाको आवश्यक जनसंख्या भन्दा अरु के नै पो थियो र? साँच्चिकै कोरा अवस्थामा रहेको नगरपालिकालाई हामीले भरेर पूर्णता दिएका छौँ,’ उनले भने, ‘पाँच वर्षका लागि निर्वाचित भएका हामीले त्यो बेलमा नै नागरिकको पक्षमा काम गर्ने कसम खाएका थियौँ, ती कामहरु पूरा गरेका छौँ। पूरा नभएका कतिपय कामहरु पूरा हुने बाटोमा अगाडि बढीरहेका छन्।’
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नेपाली काँग्रेस कार्कीनेटा वडा कार्यसमितिका सचिव भुपेन्द्र पौडेलले फलेवासले असल, इमान्दार र लामो दृष्टिकोण भएको मेयर पाएका कारण नै नगरको तीव्र विकास भएको बताए। नगरको विकासका लागि फेरि पनि सक्षम नेतृत्वको आवश्यकता रहेको भन्दै उनले नागरिकले परिवर्तन र सहजताको महसुस गर्न सकेमा मात्रै संघीयताको अनुभव हुने उल्लेख गरे। यस्तै, नेकपा एमाले कार्कीनेटा वडा कमिटीका अध्यक्ष गिरीनारायण श्रेष्ठले सबैको एकताका कारण नै फलेवास नगरपालिकाको स्वरुप फेरिएको बताए।
कार्कीनेटाका कार्यवहाक वडाध्यक्ष दीर्घनारायण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु तथा समाजसेवी कमलादेवी श्रेष्ठ शर्मा लगायतको पनि सहभागिता रहेको थियो। वडा सचिव तिलकान्त शर्माले स्वागत मन्तब्य राखेको कार्यक्रको सञ्चालन नगरपालिकाका योजना व्यवस्थापक देवीप्रसाद तिमिल्सिनाले गरेका थिए।
सोही आवसरमा भवन निर्माण समितिका पदाधिकारी तथा सदस्यहरुलाई नगरप्रमुख शर्माले दोसल्ला ओढाएर सम्मान गरेका थिए।
उक्त भवन निर्माण गर्न आर्थिक वर्ष ०७७÷०७८ मा ५५ लाख ६९ हजार दुई सय ५६ रुपैयाँ विनियोजन भएको थियो। दुई कोठा सहितको एक सभा हल समेत रहेको भवनमा आधुनिक सुविधाहरु पनि राखिएको निर्माण समितिले बताएको छ।
आइतवार, अशोज २०, २०८१
Sunday, October 6, 2024