बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

आँफै बाटो मर्मत गर्दै रुग्दीका यूवा

जेठ १७, २०७९
पर्वत : कतिपय नागरिक यतिसम्म अरुको भर पर्छन की आफ्नो आफ्नो घरको फोहोर लिन नगरपालिकाको गाडी नअहाएसम्म घर नै गन्हाउने गरी घरमै थुपारेका हुन्छन्। आफ्ना काम पनि सकेसम्म अरुले नै गरिदिए हुन्थ्यो भन्ने मानिसकताको विकास हुँदा मानिस परनिर्भर बनेका छन्।
यो अवस्था शहरमा मात्रै होई गाउँमा पनि उस्तै छ। आफ्नै घरको छेउबाटा, आफ्नै टोलको भागबाट जाने मोटरबाटोमा पानी जम्मा भएको हुन्छ, बीच सडकमा ढुंगा रहेको हुन्छ तर त्यसलाई पन्छाउने कोही हुँदैन। उल्टै नगरपालिकाले बाटो सफा गर्ने डोजर पठाएन भन्दै बिग्रिएको सडक हेरेर बसिरहेको पाइन्छ।
तर पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवा स्थित रुग्दीका यूवाहरुले भने आफ्नो क्षेत्रको सडकको मर्मत आफैले गरेका छन्। आफ्नो गाउँ हुँदै जाने सडक बिग्रिँदा आफूहरुलाई नै सास्ती भाचेग्नुपर्ने भएकाले यूवाहरु भेला भएर बिग्रिएको सडकलाई केही हदसम्म भए पनि सफा गरेका हुन्। बर्खायाम लागेसँगै भएको बर्षाका कारण सडकका खाल्डामा पानी जम्मा हुने र त्यही पानीले सवारी नै फस्ने अवस्था आएका ठाउँहरुमा माटो र गिटी राखेर पुर्ने तथा कतिपय ठाउँमा नाली काट्ने काम गरेका हुन्।
मुडिकुवाका वडाध्यक्ष अच्युत तिवारीले सापकोटाथर र पौडेलथरका यूवाहरुले गरेको कामले आफ्नो ठाउँको विकास गर्न सजिलो हुने बताए। अरुले काम गरिदेला भनेर आसामा बसिरहनु भन्दा गर्न सकिने सम्भावना भएका कामहरु समुदायका मान्छेहरुको एकजुट भएर गर्दा राम्रो हुने उनको भनाई छ। समुदाय स्तरबाट नागरिक स्वयमले गरेको कामको माया पनि बढी भएका कारण विकासका पूर्वाधार तथा प्राकृतिक स्रोतहरुमा नागरिकले आपनत्व लिन सक्ुनपर्ने तिवारीको भनाई छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive