जेठ १६, २०७९
पर्वत : नेपाल शिक्षक संघ कुश्मा नगर कार्य समिति, पर्वतद्वारा लोकतान्त्रिक गठबन्धनबाट स्थानीय निर्वाचनमा कुश्मा नगरपालिका अन्तर्गतका बिभिन्न वडामा बिजयी पदाधिकारीको लागि बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको प्रमुख आतिथ्यता गर्नुभएका कुश्मा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख रामचन्द्र जोशीले शिक्षा क्षेत्र को उन्नयनका लागि लागीपर्ने बताउनुभयो । उहाँले अघिल्लो कार्यकालमा गर्न नसकेका अधुरा कामलाई पूर्ण गरी शिक्षकका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आँउदा दिनमा शिक्षकहरूसँग सहकार्य गर्दै कुश्मा नगरको शैक्षिक अवस्थालाई प्रविधिमैत्री र व्यवहार उपयोगी बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथि कुश्मा नगर सभापति किशोर भण्डारीले शिक्षकहरूको मनोवल उच्च हुनेगरी नगरपालिकाबाट सम्बोधन गर्नुपर्ने सुझाउनु भयो । कार्यक्रममा शिक्षक संघ पर्वतका उपाध्यक्ष गोबिन्दप्रसाद पोख्रेल, सचिव यज्ञनाथ बाँस्तोला लगाएतले शुभकामना मन्तव्य राख्नुभयो ।
सम्मानित वडाअध्यक्षको तर्फबाट रामशर्मा लामिछानेले शिक्षकहरूको यो कार्यक्रमले हामीमा अझै जिम्मेवारी बढ्ने र सदा शिक्षकको मनोबल नघट्ने गरी सम्पूर्ण वडा तथा नगरप्रमुखले काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रमको सभापति मिमशर्मा लामिछानेले सम्पूर्ण वडाबाट पाल्नुहुने वडाअध्यक्ष, सदस्य तथा नगरप्रमुखलाई हार्दिक बधाई तथा शुभकामना प्रदान गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य नेपाल शिक्षक संघ नगरकार्य समिति उपाध्यक्ष जयराम सुवेदीले राख्नुभएको थियो । साथै उहाँले बिद्यालयलाई प्रबिधि मैत्री बनाउन एक शिक्षक एक ल्यापटपको अवभधारणा ल्याउनुपर्ने, शिक्षकका सामूहिक समस्याको समाधानका लागि जननिर्वाचित प्रतिनिधिले कहिल्यै पनि बेवास्ता नगर्न आग्रह समेत गर्नुभयो । कार्यक्रमको सञ्चालन सचिव महेन्द्रकुमार श्रेष्ठले गर्नुभएको थियो ।
विजयी जनप्रतिनिधिलाई शिक्षक संघ कुश्माको सम्मान
