शनिबार, अशोज १९, २०८१
Saturday, October 5, 2024

बालमैत्री स्थानीय शासनका लागि चित्रेमा बाल सञ्जाल गठन

असार २०, २०७९
पर्वत : पर्वतको मोदी गाउँपालिका–८ चित्रेमा पुनर्गठन भएका बाल क्लबका पदाधिकारी तथा सदस्यहरुको भेलबाट चित्रे बाल सञ्जाल गठन भएको छ ।
वडामा बालमैत्री स्थानीय शासन प्रवद्र्धन गर्ने उद्धेश्य अनुसार पुनर्गठन गरिएका बाल क्लबका पदाधिकारी तथा सदस्यहरुको भेलाबाट वडा स्तरीय बाल सञ्जाल गठन गरिएको स्थानीय शिक्षक मधुसोधन अधिकारीले जानकारी दिए । सञ्जालको अध्यक्षमा योगिता के.सी, सचिवमा सुशील पौडेल र कोषाध्यक्षमा आरती परियार लगायत अन्य सदस्यहरु पनि चयन गरिएका छन् ।
सोही अवसरमा बालमैत्री स्थानीय शासन र बालबालिकाको भूमिकाको विषयमा प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भएको छ । बालबालिकाहरुलाई बालमैत्री स्थानीय शासनको बारेमा जानकारी उनीहरुको समूहमा ज्ञान प्रसार गर्ने उद्धेश्यले प्रशिक्षणको आयोजना गरिएको हो । सन्तोषी बि.क को अध्यक्षतामा भएको प्रशिक्षण मधुसोधन अधिकारी र कमल पौडेल प्रशिक्षक रहेका थिए भने स्थानीय शिक्षक शुसिलादेवी गुरुङ सहजकर्ता रहेकी थिईन ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive