बुध, माघ २८, २०८२
Wed, February 11, 2026

पर्वतमा अलपत्र भेटिए बाँकेका ४ वर्षीय बालक

असार २०, २०७९

असार २०, २०७९
पर्वत : बाँकेको नेपालगन्ज घर बताउने एक बालक पर्वतमा अलपत्र अवस्थामा फेला परेका छन्।
अन्दाजी चार वर्ष उमेर अनुमान गरिएका मनिष मगर नाम बताउने ती बालक पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा अलपत्र अवस्थामा फेला परेपछि जिल्ला प्रहरी कार्यालय पर्वतको संरक्षणमा राखिएको पर्वतका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए।
गहुँगोरो वर्णको अन्दाजी दुई फिट ६ इन्च उचाइ भएको, भन्टा रङको सेतो तारा भएको हुड, खैरो पाइन्ट र नीलो चप्पल लगाएको तथा दुवै कानमा मुन्द्रा लगाएको उक्त बालकको अभिभावक वा संरक्षक पत्ता लगाउनको लागि प्रहरीले मातहतका निकायमा खबर गरेको भए पनि बालकको जिम्मा लिन कोही पनि नआएको डिएसपी बुढाथोकीले बताए।
कटुवाचौपारीमा भेटिएका ती बालकलाई उद्धार गरेर प्रहरीको साथमा ल्याइएको र कसैले दाबी गर्ने भएमा जिल्ला प्रहरी कार्यालय पर्वतको फोन नं. ०६७–४२०१९९ वा ९८५७६३०५५१ मा सम्पर्क गर्न अनुरोध गरिएको पनि पर्वत प्रहरीले बताएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive