बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

रोल्पा घर भई पर्वतमा अलपत्र परेका बालक परिवारलाई बुझाइयो

असार २१, २०७९
पर्वत : सोमबार पर्वतमा अलपत्र अवस्थामा भेटिएपछि प्रहरीको संरक्षणमा रहेका एक बालकलाई परिवारको जिम्मा लगाइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा अलपत्र अवस्थामा फेला परेका ती बालकले आफ्नो नाम मनिष मगर र घर बाँकेको नेपालगन्ज भएको बताएका थिए।
बालक फेला परेको बारेमा पर्वत प्रहरीले गरेको सर्कुलर अनुसार उनी रोल्पाको गङ्गादेव गाउँपालिका–२ जिनावाङ बस्ने सिता थापाका ६ वर्षीय छोरा रहेको पहिचान भएको थियो। मनिष भनिने सिमान थापा मगरलाई उनकी आमा सितालाई जिम्मा लगाएर पठाइएको हो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive