बुधबार, बैशाख १०, २०८२
Wednesday, April 23, 2025

नारायण मा.वि द्धारा शोकाकुल कर्मचारीको परिवारलाई करिब एक लाख सहयोग

असार १८, २०७९
पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयले शोकमा रहेको आफ्नै विद्यालयकी एक कर्मचारीलाई झण्डै एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
विद्यालयमा कार्यरत कार्यालय सहयोगी देवी माझीको आर्थिक अवस्था दयनीय रहँदै आएकोमा उनका छोरा बलबहादुर माझीको गत जेठ २१ गते भएको असामयिक निधनले झनै समस्या भएकोले बिद्यालयको तर्फबाट आर्थिक सहयोग गरिएको विद्यालयका प्राधानाध्यापक गोविन्द प्रसाद पोखरेलले बताए ।
शुक्रवार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तबहादुर सि.के., सदस्य कमलनाथ पोख्रेल, प्रधानाध्यापक पोखरेल, शिक्षक तथा कर्मचारीहरुले संयुक्त रुपमा ९३ हजार ८ सय रुपैयाँ माझीलाई हस्तान्तरण गरेका हुन् ।
‘उहाँहरुको परिवार सधैँभर आर्थिक समस्यामा रहँदै आएको छ । यसै त समस्यामा रहेको परिवारले छोरो गुमाउनुपर्दा थप समस्या पर्ने भएकाले शिक्षक तथा कर्मचारी र विद्यालयको तर्फबाट आर्थिक सहयोग गरिएको हो,’ उनले भने, ‘विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुले दिनुभएको सहयोगमा विद्यालयको कोषबाट पनि रकम थप गरेर सहयोग गरिएको हो ।’
सामाजिक विकास कार्यालय पर्वतमा कार्यालय सहयागी पदमा कार्यरत बलबहादुरमा सामान्य स्वास्थ्य समस्या देखिएकै अवस्थामा अचानक निधन भएको थियो । उनको निधनले परिवार झनै समस्यामा परेपछि विद्यालयको तर्फबाट थोरै भए पनि समस्या समाधानमा सघाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सि.के ले बताए । नारायण मा.वि.को समूहमा रहेको भावनात्मक र कार्यगत एकताका कारण नै एक जना कर्मचारीको दुःखको बेलामा सबैले सकेसम्मको साथ दिएको उनको भनाई छ ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive