बिहि, जेष्ठ २, २०८२
Thu, May 15, 2025

पर्वतका अधिकारी उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित

भदौ १९, २०७९

गोविन्द अधिकारी

पर्वत : निजामती कर्मचारी दिवशको अवसरमा पर्वतका शिव शर्मा अधिकारी सम्मानित हुनुभएको छ ।

नेपाल निजामती कर्मचारी यूनियनका पूर्व उपाध्यक्ष तथा गण्डकी प्रदेशका पूर्व अध्यक्ष समेत रहेका अधिकारीलाई नेपाल निजामती कर्मचारी दिवशको अवसरमा आज प्रधानमन्त्री शेरवहादुर देउवा र काँग्रेस विशिष्ठ अतिथी बरिष्ठ नेता रामचन्द्र पौडेलले सम्मान पत्र सहित सम्मानित गर्नुभएको हो । अधिकारी २४ वर्ष सेवा गरि २०७८ चैत १ गते देखि लागु हुने गरि अवकाश हुनुभएको थियो । निजामती कर्मचारीको रुपमा रहँदा उत्कृष्ठ कार्य र ट्रेड यूनियन अधिकारको क्षेत्रमा निरन्तर खटिएकोमा सम्मान गरिएको हो ।

अधिकारी नेपाली काँग्रेस पर्वतको कार्यसमिति सदस्य, रेडियो शालिग्रामका उपाध्यक्ष, लायन्स क्लव अफ व्रिज सिटीको पूर्व अध्यक्ष, अधिकारी वंश प्रतिष्ठानका सल्लाहकार, नवदुर्गा लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार लगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध हुनुहुन्छ ।

नेपाल सरकारले सम्मान गरेका अधिकारी निजामती सेवामा रहेर पनि नेपाली काँग्रेस पार्टीका लागि रचनात्मक सहयोग गर्दै आउनुभएको थियो । हाल अवकाश पश्चात पनि अधिकारी नेपाली काँग्रेसमा आवद्ध भएर पार्टीका हरेक मोर्चामा शशक्त रुपमा लाग्दै आउनुभएको छ ।

मंसिर ४ मा हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभाको निर्वाचनमा अधिकारी प्रदेश साँसदको शशक्त दावेदार समेत हुनुहुन्छ । पार्टीमा ठूलो योगदान गरेको हुनाले अधिकारीले आफुलाई पार्टीले विश्वास गरेर टिकट दिनेमा ढुक्क रहेको बताउनुभएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive