बुध, माघ २८, २०८२
Wed, February 11, 2026

डेंगुबारे मानव अधिकार सङ्गठन पर्वतद्धारा ध्यानाकर्षण पत्र पेस

भदौ २१, २०७९

पर्वत : नेपाल मानव अधिकार सङ्गठन जिल्ला शाखा पर्वतले डेंगु रोगको सङ्क्रमण बढ्दै गएको विषयमा जनस्वास्थ्य कार्यालय पर्वतलाई ध्यानाकर्षण गराएको छ।
शाखाका अध्यक्ष माधवप्रसाद पौडेलद्धारा जनस्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुखलाई सम्बोधन गरी जारी गरिएको ध्यानाकर्षण पत्रमा विगत केही वर्षदेखि कोभिडको महामारीबाट आक्रान्त भएको नेपालमा यस वर्ष फेरि डेंगुको प्रभाव बढ्दै गएकोले थप फैलिन नदिनको लागि स्वास्थ्य कार्यालयबाट आवश्यक पहल कदमी समयमा नै होस भनी लेखिएको छ।
‘केही वर्षदेखि कोभिडको महामारीबाट आक्रान्त भएके नेपालमा यस वर्ष फेरि डेंगुको प्रभाव बढ्दै गएको देखिन्छ। यस पर्वत जिल्लमा पनि केही दिनयता यो रोग भित्रभित्रै फैलिइरहेको आंकलन गर्न थालिएको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यसरी दिनदिनै यो रोग फैलिँदै गएमा यसले जनस्वास्थ्यमा ठूलो क्षती हुने छ। त्यसकारण जनमानसमा यो रोगको त्रास बढ्दै गइरहेकोले सर्वसाधारण जनताको स्वास्थ्य सुरक्षार्थ सर्वसाधारण जनाताले अपनाउनुपर्ने सतर्कता तथा सावधानीका लागि जनचेतना अभियानका साथै आवश्यक पहल कदमीको लागि ध्यानाकर्ष पत्र प्रस्तुत गर्दछौँ।’
पछिल्ला केही दिनयता देशका विभिन्न जिल्लामा डेंगुका बिरामीहरुको सङ्ख्या एकाएक बढ्दै गइरहेको छ। काठमाण्डौँका अस्पतालमा शय्या भरीएर भुईँमा राखेर बिरामीहरुको उपचार गर्नुपर्ने अवस्थामा आएको बेलामा पर्वतमा पनि त्यही अवस्था नआओस भन्नका लागि सम्बन्धित निकायहरुले समयमा नै ध्यान दिनुपर्ने सङ्गठनका अध्यक्ष पौडेलको भनाई छ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive