मङ्ल, फाल्गुन १९, २०८२
Tue, March 3, 2026

पर्वत : बास्केटबल प्रतियोगितामा आईतबार १० समूहबिच ५ खेल सम्पन्न

अशोज २३, २०७९

पर्वत : जिल्ला बास्केटबल संघ पर्वतको आयोजनामा पर्वत सदरमुकाम कुश्मा बजारमा चलिरहेको बास्केटबल प्रतियोगितामा आईतबार विभिन्न १० समूहबीच पाँच वटा खेलहरु सम्पन्न भएका छन्।
संघका महासचिव लुक पुन मगरका अनुसार शनिवार उद्घाटनको क्रममा ‘सो म्याच’ खेलाइएकोमा आईतबारदेखि प्रतियोगितात्मक खेलहरु सुरु भएका हुन्। आईतबार युन क्लब ‘ए’ र क्याङ ‘ए’ बिच भएको खेलमा क्याङ ‘ए’ ले, बनौँ र आयोजक जिल्ला बास्केटबल संघबिच भएको खेलमा बनौँले, बाँसखर्क र घुरुङ्गाको टोलीबिच भएको खेलमा बाँसखर्कले, शालिजा मण्डली र लेस्पारबिच भएको खेलमा लेस्पारले तथा पोखरा लामाचौरको समूह र ओख्रेनीको समूहकोबिच भएको खेलमा ओख्रेनीले जीत हात पारेका छन्।
सोमबार विभिन्न छ वटा समूहहरुबीच तीन खेल खेलाएपछि प्रतियोगिताको पहिलो चरणका खेलहरु पूरा हुने छन्। सोमबार पातलखर्क ‘ए’ र नेपाल मगर भूतपूर्व सैनिक तथा प्रहरी संघ पर्वतको समूह, बास्केटबल संघ पर्वत ‘ए’ र पूर्णगाउँ ‘ए’ तथा क्याङ ‘बी’ र लेस्पार ‘बी’ समूहबिच खेल हुन लागेको हो।
शनिवारसम्म १२ समूहले प्रतिस्पर्धामा भाग लिनका लागि समूह दर्ता गरेकोमा आईतबार थप चार समूहले नाम दर्ता गराएका छन्।
असोजको २६ गतेसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि सञ्चालन भइरहेका छन्।
विजयादशमी तथा दीपावली–२०७९ को अवसर पारेर पुन क्लबको मैदानमा प्रतियोगिताको शनिवारदेखि प्रतियोगिता सुरु गरिएको हो। प्रतियोगितामा बिजेता बन्ने समूहले नगद ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ। यस्तै दोस्रो बन्ने समूहले नगद ३५ हजार सहित शिल्ड, मेडल र प्रमाण, तेस्रो बन्ने समूहले नगद २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा सान्त्वना बन्ने समूहले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने बास्केटबल संघ पर्वतका अध्यक्ष मिलन पाइजा पुनले बताए।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive