बिहि, माघ २९, २०८२
Thu, February 12, 2026

तीन जना निर्वाचित हुने पर्वतमा २८ जनाको मनोनयन दर्ता

अशोज २४, २०७९

पर्वत : प्रतिनिधि सभामा एक जना र दुई वटा प्रदेश सभामा १÷१ जना गरी कुल तीन जना उम्मेदवार निर्वाचित हुने पर्वत जिल्लामा २८ जनाको मनोनयन दर्ता भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार साँझ पाँच बजेसम्मका लागि तोकिएको मनोनयनको समय सीमामा प्रतिनिधि सभामा १२ जनाको, प्रदेश सभा ‘क’ मा नौ जनाको र प्रदेश सभा ‘ख’ मा सात जनाको मनोनयन दर्ता भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जा पुन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका ठाकुरप्रसाद भुसाल, राष्ट्रिय जनमुक्ति पार्टीका बलबहादुर थापा, नेपाल सुशासन पार्टीकी भगवती पौडेल, नेकपा (एमाले) का पदम गिरी, नेपाली काँग्रेसका अर्जुनप्रसाद जोशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर मल्ल, मंगोल नेशनल अर्गनाइजेसनका चन्द्रबहादुर पाइजा पुन र नेपाली काँग्रेस (बि.पी) का देवाखर भट्टराईले प्रतिनिधि सभामा मनोनयन पत्र दर्ता गराएका छन्। प्रतिनिधि सभामा नै स्वतन्त्र रूपमा सावित्री शर्मा, सीतादेवी शर्मा र अरुण पौडेलले मनोनयन दिएका छन्।
प्रदेश सभा ‘क’ मा मनोनयन दर्ता गराएकाहरूमा हाम्रो नेपाली पार्टीका रमेश पौडेल, नेकपा (एमाले) का भक्तबहादुर कुँवर, नेपाल सुशासन पार्टीका थम बहादुर क्षेत्री, नेकपा (माओवादी केन्द्र) का सुदीप कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीकी सौभाग्य थापा पुन, मंगोल नेशनल अर्गनाइजेसनका शेरबहादुर पुर्जा पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रेमकुमार गुरुङ र नेपाली काँग्रेस (बि.पी) का कमलराज पौडेल रहेका छन्। प्रदेश सभा ‘क’ मा मायादेवी पौडेलले स्वतन्त्र रूपमा उम्मेदवारी दिएकी छिन्।
यस्तै प्रदेश सभा ‘ख’ मा दुई जना स्वतन्त्र सहित सात जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ। उनीहरू राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बालाकृष्ण पौडेल, हाम्रो नेपाली पार्टीका नारायण खत्री, नेकपा (एमाले) का मित्रलाल बस्याल, नेपाली काँग्रेसका ऋषिकेश तिवारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुनाथ उपाध्याय तथा स्वतन्त्रबाट वसन्त कुमार श्रेष्ठ र चन्द्र कुमारी मल्ल क्षेत्री रहेका छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive