शनि, असार ७, २०८२
Sat, June 21, 2025

पर्वतमा भइरहेको बास्केटबल प्रतियोगितामा बुधबार फाईनल खेल हुने

अशोज २५, २०७९

पर्वत : जिल्ला बास्केटबल संघ पर्वतको आयोजनामा पर्वत सदरमुकाम कुश्मा बजारमा चलिरहेको बास्केटबल प्रतियोगितामा मङ्गलबार सेमीफाइनलका खेलहरु सम्पन्न भएका छन्।
संघका महासचिव लुक पुन मगरका अनुसार सेमीफाइनलको पहिलो खेलमा बनौँ र बाँसखर्कको टोलीबिच भएको खेलमा बाँसखर्कले बनौँलाई पराजित गरेको छ। यस्तै दोस्रोमा पातलखर्क र ओख्रेनीको समूहबिच भएको खेलमा पातलखर्कले ओख्रेनीलाई पराजित गरेको छ।
बुधबार तेस्रो, दोस्रो र पहिलो स्थानको लागि दुई खेलहरु आयोजना हुन लागेका छन्। तेस्रो स्थानको लागि बुधबार बिहान सात बजेका लागि पहिलो खेल राखिएको छ। उक्त खेलमा बनौँ र ओख्रेनीको टोलीबिच प्रतिस्पर्धा हुने भएको छ। यस्तै दोस्रो र पहिलो स्थानका लागि हुने दोस्रो खेल बिहान ११ बजेका लागि निर्धारण गरिएको छ। उक्त खेलमा बाँसखर्क र पातलखर्कको टालीबिच खेल हुँदै छ।
विभिन्न १६ वटा टोलीबिच भएको प्रतिस्पर्धा अन्तर्गत सोमबार पहिला चरणका खेलहरु पूरा भएका थिए। बुधबार समापन हुने कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि सञ्चालन भइरहेका छन्।
विजयादशमी तथा दीपावली–२०७९ को अवसर पारेर पुन क्लबको मैदानमा प्रतियोगिताको शनिवारदेखि प्रतियोगिता सुरु गरिएको हो। प्रतियोगितामा बिजेता बन्ने समूहले नगद ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छ। यस्तै दोस्रो बन्ने समूहले नगद ३५ हजार सहित शिल्ड, मेडल र प्रमाण, तेस्रो बन्ने समूहले नगद २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा सान्त्वना बन्ने समूहले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने बास्केटबल संघ पर्वतका अध्यक्ष मिलन पाइजा पुनले बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive