मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
spot_img

जलजलाका यूवाको क्षमता पहिचान गर्न ‘युवा नबप्रबर्तनात्मक विचार’ प्रतियोगिता

पर्वत : पर्वतको जलजला गाउँपालिकाले यूवाहरुको प्रतिभा पहिचान तथा उनीहरुको प्रोत्सहानको लागि ‘युवा नबप्रबर्तनात्मक विचार’ प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
गाउँपाकिाका अध्यक्ष राजु आचार्यका अनुसार राष्ट्रिय युवा परिषदबाट आर्थिक वर्ष २०७९÷८० मा युवा प्रतिभाहरुको खोजी तथा प्रोत्सहान कार्यक्रम अन्तरगत प्रतिगिताको आयोजना गरिएको हो । १६ वर्षदेखि ४० वर्ष उमेरसम्मका युवाहरुले ३० दिनभित्रमा निवेदनका साथ विचार सङ्कलन गरी गाउँपालिकाको कार्यालायमा बुझाउनुपर्ने भनिएको छ । सम्बन्धित स्थानीय तहको बासिन्दालाई मात्रै सहभागी गराइने यो कार्यक्रममा मूल्याङ्कन कार्यक्रम सञ्चालन सम्बन्धि कार्यप्रक्रिया, २०७८ बमोजिम पालिका स्तरीय मूल्याङ्कन समितिबाट हुने भनिएको छ ।
इच्छुकहरुले आवेदन दिएको ३० औँ दिनपछि प्रतियोगीहरुको नामावली प्रकाशन गरिने र प्रतियोगिताका लागि मिति, समय र स्थान निर्धारण गरिने पनि अध्यक्ष आचार्यले बताए । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थानमा आउने प्रतिस्पर्धीहरुले प्रमाणपत्रका साथ क्रमशः नगद १० हजार, ७ हजार र ४ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रथम हुने प्रतिस्पर्धीलाई प्रदर्शन गरिएको सामग्री सहित प्रदेश स्तरमा हुने कार्यक्रममा सहभागी गराइने गाउँपालिकाको शिक्षा शाखाका अधिकृत त्रिबिक्रम आचार्यले बताए ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive