बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

पर्वतका मतदान अधिकृतहरुलाई तालिम, कर्मचारीलाई नियुक्तिपत्र

कार्तिक २४, २०७९

पर्वत : आगामी मङ्सिर ४ गते हुने लागेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचको खटीने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको लागि कात्तिक २७ र २८ गते तालिमको आयोजना गरिने भएको छ ।
जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले गत कात्तिक २२ गतेको निर्णय अनुसार मतदान केन्द्रमा खटीएर जाने कर्मचारीहरुको नाम सार्वजनिक गरेसँगै तालिमको पनि आयोजना गर्न लागिएको हो । प्रदेश सभा क्षेत्र नं. १ अन्तरगत मोदी गाउँपालिका, कुश्मा नगरपालिका र जलजला गाउँपालिकामा खर्टीएर जानेहरुका लागि कात्तिक २७ तथा प्रदेश सभा क्षेत्र नं. २ अन्तरगत फलेवास नगरपालिका, बिहादी गाउँपालिका, पैयूँ गाउँपालिका र महाशिला गाउँपालिकामा खटीएर जानेहरुका लागि कात्तिक २८ गते तालिम प्रदान गरिने छ ।
तालिम हुने स्थान नियुक्ति पत्र बुझ्न जाँदाको दिनमा जानकारी गराइने तर तालिम भने बिहान १० बजेदेखि सुरु हुने निर्वाचन अधिकारी शर्माले बताए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको लागि तालिम सञ्चालन गर्नुपूर्व नै नियुक्तिपत्र बुझेर आफ्नो व्यक्तिगत विवरणहरु पेस गर्न पनि खटाइएका कर्मचारीहरुमा अनुरोध गरेको छ । खटाइएका कर्मचारी तथा शिक्षकहरु स्वयं उपस्थित भएर नियुक्तिपत्र बुझ्न तथा नियुक्ति लिन आउँदा व्यक्तिगत पान नं. को प्रतिलिपि, बैंक खाता सञ्चालन रहेको चेकको प्रतिलिपि र मतदाता परिचयपत्रको प्रतिलिपि ल्याउनुपर्ने भनिएको छ । प्रदेश निर्वाचन क्षेत्र नं. १ का सबै कर्मचारीहरुले कात्तिक २५ गते तथा प्रदेश निर्वाचन क्षेत्र नं. २ मा खटीएर जाने कर्मचारीहरुले कात्तिक २६ गते नियुक्तिपत्र बुझ्नुपर्ने भनिएको छ ।
नियुक्तिपत्र बुझ्नका लागि बिहान १० बजेदेखि साँझ पाँच बजेसम्मको समय दिइएको पनि निर्वाचन अधिकारी शर्माले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive