मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

सहिद तिवारीको २० औँ पुण्य तिथिमा खुला भजन प्रतियोगिता हुने

पुस २८, २०७९

सहिद हरिदत्त तिवारीको स्मृतिमा बिविध कार्यक्रम हुने सहिद हरिदत्त तिवारीको बीसौं स्मृति दिवस अवसरमा यहि आउँदो माघ १ गते आइतबार बिभिन्न कार्यक्रमको आयोजना गरि भव्य रुपमा मनाउने निर्णय भएको छ ।

बुधबार फलेवास नगरपालिका–३ शंकरपोखरीमा बसेको प्रतिष्ठानको बैठकले आउँदो आइतबार अर्थात माघ १ गतेका दिन स्वर्गिय सहिद तिवारीको स्मृति दिवसको अवसर पारेर बिभिन्न सामाजिक कार्यक्रम गर्ने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष अर्जुनबहादुर कार्कीले दिएको जानकारी अनुसार प्रतिष्ठानले सोहि दिन बिहान कुश्मा नगरपालिकाको शिवालय माध्यमिक विद्यालयमा आवशिय रुपमा अध्ययनरत दृष्टिबिहिन विद्यार्थीहरुलाई न्यानो शिरक बितरण गर्ने निर्णय गरेको छ ।

बिहान साढे ७ बजे आयोजना हुने कार्यक्रममा उक्त विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुलाई जाडोमा न्यानो हुनेगरि एक–एक थान शिरक बितरण गरिने छ । सोहि दिन स्वर्गिय सहिद हरिदत्त तिवारीको पुण्य तीथि समेत परेकोले तिवारीकै जन्मस्थान फलेवास नगरपालिका–३ शंकरपोखरी नुवारमा खुल्ला लोकभजन प्रतियोगिताको आयोजना गर्ने निर्णय गरिएको छ ।

निःशुल्क समुह दर्ता गर्न मिल्ने उक्त प्रतियोगिताको प्रथम पुरस्कार २१ हजार र प्रमाणपत्र, द्वित्तिय पुरस्कार नगद रु १५ हजार र प्रमाणपत्र साथै तृतिय पुरस्कार नगद रु १० हजार र प्रमाणपत्र रहेको सहिदपुत्र गिरिजा तिवारीले जानकारी दिनुभयो । साथै प्रतिष्ठानको पुर्ण बैठकले स्वर्गिय सहिद तिवारीको राजनीतिक, सामाजिक तथा अन्य योगदानलाई समेटेर आगामी एक वर्षभित्र स्मारिका प्रकाशन गर्ने निर्णय समेत गरेको छ । साथै समितिले उक्त प्रतिष्ठानमा नयाँ र जुझारु युवालाई समेटेर सदस्यता बिस्तार गर्ने पनि निर्णय गरेको छ ।

हरेक वर्ष सामाजिक योगदानमुलक कार्यक्रम गर्दैआएको प्रतिष्ठानले आगमी दिनहरुमा प्रतिष्ठानलाई थप शसक्त र सामाजिक सेवामा लाग्नेगरि समिति बिस्तार गर्ने तयारी गरेको हो । प्रष्ठिानका संरक्षक सहिदपुत्र नेपाली कांग्रेसका महासमिति सदस्य एवं फलेवास नगरपालिकाका नगरप्रमुख गंगाधर तिवारीले प्रतिष्ठानमार्फत हरेक समस्यामा परेका सर्वसाधारणको सहयोगमा तल्लिन रहने मुख्य उद्धेश्य रहेको बताउनुभयो । स्वर्गिय सहिद तिवारीको तत्कालिन बिद्रोहि माओबादीको आक्रमणमा परी २०६० साल माघ १ गते निधन भएको थियो । सहिद स्मृति दिवसको कार्यक्रम हुने माघ १ गतेका कार्यक्रमको सबै प्रस्तुती रेडियो शालिग्रामले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive