बिहिबार, माघ २४, २०८१
Thursday, February 6, 2025

बिहादी गाउँपालिकाद्धारा प्रदेश सभा सदस्य बस्याललाई बधाई ज्ञापन

पर्वत : पर्वतको प्रदेश सभा (ख) बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका मित्रलाल बस्याललाई बिहादी गाउँपालिकाले बधाई ज्ञापन गरेको छ ।
नेकपा एमालेकोतर्फबाट उम्मेदवार रहेका बस्याल प्रदेश सभाका ज्येष्ठ सदस्य भई सभामुख चयन गर्नुपूर्वका बैठकमा अध्यक्षता गर्ने अवसर समेत पाएको अवसरमा समेत बधाई व्यक्त गरेको गाउँपालिकाका अध्यक्ष परबिन गुरुङले बताए ।
गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा बस्याललाई बिहादी गाउँपालिकाका गुरुङ सहित उपाध्यक्ष मिना शर्मा तिवारी, प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्की लगायत कार्यपालिकाको सिङ्गो समूहले बधाई व्यक्त गरेको हो ।
सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य बस्यालले सामाजको समानुपातिक विकासका लागि स्थानीय तहमा रहेका, प्रदेश सभामा पुगेको र प्रतिनिधि सभामा पुगेका सबै जनप्रतिनिधिहरुको एकता आवश्यक रहेको बताएका छन् । आफूले आफ्नो क्षेत्रको विकास र त्यहाँका नागरिकको जीवनस्तरमा सघाउने गरी प्रदेशबाट भूमिका खेल्ने कुरामा प्रतिबद्ध रहने उनले बताएका छन् । सबै जनप्रतिनिधि एक ढिक्का भएर बिकासमा लाग्नुपर्ने उनको सुझाव छ ।
सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष परबिन गुरुङले निर्वाचनको बेलामा कुनै दलबाट उम्मेदवार रहे पनि निर्वाचित भइसकेपछि सबै जनप्रतिनिधिहरु जनताका साझा प्रतिनिधिका रुपमा रहने बताए । सबैको अन्तिम उद्धेश्य स्थानीय तहलाई समृद्ध बनाउँदै समग्र पालिकाबासीको अवस्थालाई बिभिन्न पक्षबाट बलियो पार्नु रहेको उनको भनाई छ ।
उपाध्यक्ष मिना शर्मा तिवारीले प्रदेश सभा सदस्य बस्यालसँग बिहादीको विकासका लागि प्रदेश सरकारमा निभउनुपर्ने भूमिकामा आफूहरु ढुक्क रहेको बताइन । तीनै तहका सरकारको संयुक्त प्रयासबाट मात्रै स्थानीय तहलाई समृद्ध बनाउन सकिने उनको भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीले कर्मचारीहरुतन्त्रको माध्यमबाट जनतालाई सेवा उपलब्ध गराउन आफूहरु हरबखत तयार रहेको बताउँदै बिहादी गाउँपालिकाले सकेसम्म जनतालाई सहज हुने गरी सेवा प्रवाह गर्न गाउँपालिकाका सबै कर्मचारीहरु प्रतिबद्ध रहेको बताएका छन् ।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive