बुध, जेष्ठ ८, २०८२
Wed, May 21, 2025

पर्वत अस्पतालमा फेरि भेटाैँला सङ्गै स्वागत कार्यक्रम सम्पन्न

माघ ४, २०७९

निर्मल पौडेल

पर्वत : पर्वत अस्पतालमा फेरि भेटाैँला सङ्गै स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

मगंगलवार अस्पतालले एक औपचारिक कार्यक्रमको आयोजना गरि जाने लाई बिदाइ र आउने लाई स्वागत गरेको हो । अस्पतालमा लामो समय कार्यरत ल्याब टेक्निसियन सजना सुवेदी लाई बिदाइ गर्नुका साथै डाक्टर कृष्णप्रसाद सुवेदी र डा. सुस्मिता पौडेल लाई स्वागत गरिएको हो ।

कार्यक्रममा अस्पताल व्यबस्थापन समितिका अध्यक्ष शंकर गिरिले अस्पतालको सेवा लाई चुस्तदुरुस्त बनाउन सवै डाक्टर कर्मचारीहरु लागिपरेको बताए।अस्पतालमा आउने बिरामीहरु लाई सरल र सहज बाताबरणमा सेवा प्रवाह भएतापनी अझै प्रभावकारी बनाउन डाक्टर कर्मचारीहरु लाई आ आफ्नो जिम्मेवारीको अपनत्व गर्दै लागिपर्न आग्रह गरे। गिरिले अस्पतालमा डाक्टर कर्मचारीहरु आउने जाने प्रक्रिया स्वभाविक भए पनि व्यवस्थापकिय वातावरण पारिवारिक भएको भन्दै आउने डाक्टरहरु सुवेदी र पौडेल लाई स्वागत र बिदाइ भएर जान लागेकी ल्याब टेक्निसियन सुबेदी लाई स्वास्थ्य क्षेत्रमा अझै उज्ज्वल भविष्यको कामना गर्दै टीका र खादा लगाएर बिदाइ गरेका थिए।

कार्यक्रममा अस्पतालका ल्याब प्रमुख उज्ज्वल तिवारीले अस्पतालको प्राबिधिक तथा व्यबस्थापकिय पक्षको प्रशंसा गर्दै बिदाइ भएकी सुबेदीको कार्यकौशलताको समेत प्रशंसा गरेका थिए। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डाक्टर ,कर्मचारी,पत्रकार लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सन्चालन निमित्त कार्यलय प्रमुख डाक्टर रुक्मिनी अधिकारीले गरेकी थिइन ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive