मङ्लबार, बैशाख ९, २०८२
Tuesday, April 22, 2025

कुश्मा नगरपालिकाको बीएलई चैत ६ गतेबाट सुरु हुने

पर्वत : पर्वतको कुश्मा नगरपालिका कक्षा ८ को अन्त्यमा हुने आधारभूत तह उत्तीर्ण परीक्षा (बीएलई) परीक्षा आउँदो चैत ६ गतेबाट सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाको नगर शिक्षा शाखाको आयोजनामा मङ्गलवार बसेको आधारभूत तह उत्तीर्ण परीक्षा समितिको बैठकबाट ६ गतेदेखि १४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको समितिका संयोजक तथा शिक्षा शाखाका प्रमुख बिष्णुप्रसाद तिवारीले बताए ।
उनका अनुसार पहिलो दिन चैत ६ गते अनिर्वाय गणित विषयको परीक्षा सञ्चालन हुने छ । यस्तै ७ गते अनिवार्य नेपाली, ८ गते विज्ञान तथा वातावरण, ९ गते अनिवार्य अङ्ग्रेजी, १० गते अनिवार्य सामाजिक शिक्षा, १२ गते पेशा, व्यवसाय र प्रबिधि शिक्षा, १३ गते स्थानीय विषको सट्टामा अध्यापन हुँदै आएको कम्प्युटर विज्ञान र अन्तिम दिन चैत १४ गते स्वास्थ्य तथा शारीरिक शिक्षा तथा नैतिक शिक्षाको परीक्षा सञ्चालन हुने छ ।
परीक्षा बिहान ११ बजेदेखि तोकिएको र सम्बिन्धत विद्यालयहरुलाई नै परीक्षा केन्द्रका रुपमा तोकिएको पनि संयोजक तिवारीले बताए । परीक्षाका लागि आवश्यक प्रश्नपत्रहरु चैत ३ गते नगरपालिकाको शिक्षा शाखाबाट वितरण हुने छ । परीक्षा सकिएको १५ दिनभित्रमा उपलब्धिको विश्लेषण गरी शिक्षा शाखाबाट प्रमाणित गराएर राख्नुपर्ने भनिएको छ ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img

भर्खरै

News Archive