पर्वत : पर्वत कारागारका कैदीबन्दीका लागि एलइडि टिभी वितरण गरिएको छ ।
नेपाली काँग्रेसका जिल्ला सभापति, यूवा व्यवसायी यूवराज जोशीले कारागारमा टिभी वितरण गर्नुभएको हो । जोशीले देशबिदेशका खबर सुन्नका लागि कैदीबन्दी लाई सजिलो होस भनेर टिभी वितरण गरिएको बताउनुभयो । सभापति जोशीले कैदीबन्दीहरुको सुस्वास्थ्य तथा दिर्घायूको कामना समेत गर्नुभयो ।
सूचना तथा सञ्चारर मनोरन्जनबाट कोहि पनि नागरिक बन्चित हुन नपरोस भन्ने आफ्नो कामना सहित टिभी वितरण गरेको बताउनुभयो । जोशीले कारागारमा आज आयोजित कार्यक्रममा टिभी हस्तान्तरण गर्नुभयो । कारागारमा बस्दा समय गुजार्न अप्ठयारो भैरहेको र सूचना, समाचार तथा सांगितिक मनोरन्जन लिन समस्या भैरहेकोमा अब भने उक्त समस्या हटेको कैदीबन्दीले बताएका छन् ।