होमनाथ शर्मा
बाग्लुङ नेपाल ट्रेड यूनियन कांग्रेस जैमिनी नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले होमनाथ शर्माको अध्यक्षमा १३ सदस्यीय नगर कार्यसमिति गठन गरेको हो । कार्यसमितिको उपाध्यक्ष झलक राज आचार्य, महिला उपाध्यक्षमा कल्पना देवि शर्मा, सचिवमा ईश्वरी प्रसाद चापागाँई, सह-सचिवमा सीता सापकोटा, कोषाध्यक्षमा निल प्रसाद शर्मा सर्वसम्मत निर्वाचित भएका छन । यस्तै सदस्यमा कृष्ण प्रसाद चापागाईं, तिला सापकोटा, तुलसी देवि शर्मा, सरिता क्षेत्रि, दिपक रोका, टंक के सि र कृष्ण पौडेल चयन गरिएको छ ।
कार्यक्रमका अवसरमा नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्य तथा नेपाल ट्रेड युनियन काङ्ग्रेस महिला समितिका उपाध्यक्ष सकुन्तला शर्मा, नेपाली कांग्रेस बागलुङका पार्टी सचिब एवं जैमिनी नगरपालिका का उपमेयर हरिहर शर्मा , नेपाल ट्रेड युनियन काङ्ग्रेसका संघीय प्रतिनिधि तथा नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि उमाकान्त पाैडेल, जैमिनी १ का वडाअध्यक्ष बिष्णु आचार्य, नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि भगवति सापकोटा, नेपाली काङ्ग्रेस जैमिनी नगरपालिका सभापति प्रेम सापकोटा, नेपाली काङ्ग्रेस बानपा १३ का पार्टी सभापति चन्द्र केसि, जैमिनी नगरपालिका १ का पार्टी सभापति हरि प्रसाद आचार्य, नेपाल शिक्षक संघ जैमिनी संयोजक टेकनारायण आचार्य, नेविसंघ जैमिनी संयोजक छायादत्त चापागाँई लगायतले बोल्नुभएको थियो ।
योगदानमा आधारित सामाजिक सुरक्षा, अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सन्चालन कार्यबिधिका बारेमा ट्रेड युनियन काङ्ग्रेस जिल्ला अध्यक्ष ईश्वर ठाकुर पौडेलले सहजीकरण गर्नुभएको थियो । नेपाल ट्रेड यूनियन कांग्रेस बागलुङका जिल्ला अध्यक्ष ईश्वर ठाकुर पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पिङ्गला खडका जिसिले र संचालन सचिब कुमार शर्माले गरेका थिए ।