बिहि, जेष्ठ ९, २०८२
Thu, May 22, 2025

पर्वत : कर्तव्य ज्यानका फरार अभियुक्त १३ वर्षपछि पक्राउ

फाल्गुन १७, २०७९

पर्वत : जिल्ला प्रहरी कार्यालय पर्वतले कर्तव्य ज्यान सम्बन्धी कसुरका फरार अभियुक्तलाई १३ वर्षपछि पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश राउतका अनुसार पर्वतको पैयुँ गाउँपालिका घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेमा बस्दै आएका ४८ वर्षीय डबिन गुरुङलाई पक्राउ गरिएको हो।
सर्वोच्च अदालतले २०६६ साल फागुन तीन गतेको फैसलामा गुरुङलाई ‘कर्तव्य ज्यान’ सम्बन्धी कसुरमा आठ वर्ष दुई महिना २३ दिन कैद सजाय सुनाएको थियो। अदालतको आदेशसँगै फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय हुवास पर्वतबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा मङ्गलवार पक्राउ गरेको हो।
गुरुङमाथि आवश्यक कारबाही गर्नका लागि जिल्ला प्रहरी कार्यालय पर्वतमार्फत मङ्गलवार नै पर्वत जिल्ला अदालतमा उपस्थित गराएर कारागार चलान गरिएको पनि इन्स्पेक्टर राउतले बताए।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive