शनि, असार ७, २०८२
Sat, June 21, 2025

कुश्मामा होली धमाका सांगितिक कार्यक्रम हुने

फाल्गुन १८, २०७९

पर्वत : असत्यमाथि सत्यको जीतका रुपमा मनाइने रङहरुको पर्व फागूपूर्णिमाको अवसर पारेर पर्वत सदरमुकाम कुश्मा बजारमा होली धमाका–२०७९ कार्यक्रमको आयोजना हुने भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतको आयोजनामा फागूपूर्णिमा मनाईने दिन फागुन २२ गते विविध सांस्कृतिक कार्यक्रमहरु सहित होली विशेष कार्यक्रमको आयोजना गर्न लागिएको हो । कुश्माको लोकतान्त्रिक चोकमा दिउसो १२ बजेबाट सुरु हुने कार्यक्रममा १५ जना भन्दा बढी कलाकारहरुले सांगितिक प्रस्तुती दिन लागेका छन् ।
कार्यक्रममा कलाकारहरु राजन कार्की, कृष्ण अखेली, कृष्ण सुवेदी, चित्रसागर श्रेष्ठ, आरसी पौडेल, दीपक गदाल, सुदीप क्षेत्री, सन्तोष सुवेदी, सुमन के.सी, शोभा परियार, गंगाराम परियार, जयराम परियार, अर्जुन थापा, सन्दिप बस्याल, सफल परियार लगायतले सांगितिक प्रस्तुतीहरु दिने प्रतिष्ठान पर्वतकी अध्यक्ष पशुपति कार्की (पूजा) ले बताइन् ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive