मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड कुश्मा नगरपालिकाले जित्यो

फाल्गुन २०, २०७९

पर्वत : जिल्ला खेलकुद विकास समिति पर्वतको संयोजनमा भएको १२ औँ पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड कुश्मा नगरपालिकाले जितेको छ । जिल्लाका अन्य छ वटा स्थानीय तहलाई पछाडि पार्दै जिल्ला सदरमुकाम समेत रहेको कुश्मा विजेता बनेको हो ।

तीजका लागि कुश्मा नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयका खेलाडीहरूले २४ स्वर्ण, १५ रजत र २४ कांस्य पदक पाएका छन् । प्रथम बनेको कुश्माले दोस्रो बनेको फलेवास नगरपालिकालाई १४ वटा स्वर्ण पदकले पछाडि पारेको छ । फलेवासले १० स्वर्ण, आठ रजत र १२ कांस्य पदक पाएको छ । यस्तै तेस्रो स्थानमा आएको जलजला गाउँपालिकाले चार स्वर्ण, सात रजत र एक कांस्य पदक हात पारेको छ ।

विजेता बनेको कुश्मा नगरपालिका शिल्ड सहित नगद बीस हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । दोस्रो बनेको फलेवास र तेस्रो बनेको जलजलाले क्रमशः नगद १५ र १० हजार तथा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।

विभिन्न विधामा विजेता बनेका विभिन्न स्थानीय तहका खेलाडीहरूलाई पुरस्कार प्रदान गर्दै जिल्लाको मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले खेलका माध्यमबाट विद्यार्थीहरूमा अनुशासन, मर्यादा, प्रतिस्पर्धी स्वभाव सहित शारीरिक तथा मानसिक स्वस्थताको विकास हुने बताइन् । मानिस स्वस्थ भए मात्रै ज्ञान लिन सक्ने भएकाले विद्यार्थीहरूलाई ज्ञान लिन तयार पार्नका लागि पनि खेलको महत्त्व रहेको बताइन् । पछिल्लो समयमा शारीरिक अस्वस्थता, व्यस्त जीवनशैली र बजारिया खानाको प्रभाव बढेर धेरैले अकालमा नै ज्यान गुमाइरहेको भन्दै उनले यसको समाधानको उत्तम विकल्प भनेकै खेल क्रियाकलापहरू हुने शर्माको भनाई छ ।

प्रतिस्पर्धामा एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, १५ सय मिटर, तीन किलोमिटर दूरीका दौड, विभिन्न रिले सहित एथ्लेटीक्सका खेल, भलिबल, कबड्डी र तेक्वान्दो तथा कराँतेका विभिन्न तौल समूहमा खेल खेलाइएको थियो ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive