बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

पर्वतमा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु ११ जना घाइते

असार ३०, २०८०

पर्वत : जिल्लाको कुश्मा–दुर्लुङ सडक खण्ड अन्तर्गत कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा शनिवार साँझ भएको जिप दुर्घटनामा परी एक बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग १ ज ५२२९ नम्बरको जिप साँझ साढे सात बजेको समयमा दुर्घटनामा परेको थियो। जिपमा सवार सबैलाई तत्कालै उद्धार गरी उपचारको लागि पर्वत अस्पतालमा लगिएकोमा कुश्मा नगरपालिका–३ की सात बर्सिया शीतल वि.क. को उपचारको क्रममा निधन भएको छ। टाउको र आँखामा गम्भीर चोट लागेकी उनको उपचारकै क्रममा मृत्यु भएको हो।
दुर्लुङकै चार वर्षीय प्रिन्स क्षेत्री र ५० बर्सिया चन्द्रकला क्षेत्रीलाई थप उपचारको लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ। ट्राफिक प्रहरीका अनुसार उनीहरू दुवैको अवस्था मध्यम छ।
दुर्घटनामा परी दुर्लुङकै तीन वर्षीय सौरभ वि.क., २३ बर्सिया शान्ति वि.क., ७० वर्षीय कृष्ण प्रसाद पाध्या, १६ वर्षीय निशान परियार, ५५ बर्सिया हिरादेवी मगर, ३५ वर्षीय मीन ब. क्षेत्री, ४७ वर्षीय अमृत शर्मा, ७६ वर्षीय भजत शर्मा, कास्कीको पोखरा बस्ने १६ वर्षीय अमर वि.क. घाइते भएका छन्।
उकालो बाटोमा चढ्दै गरेको जिप अचानक अनियन्त्रित भई सडकबाट करिब ३०÷३५ मिटर तल खसेको थियो। जिपका चालक प्रहरीको नियन्त्रणमा रहेको र जिप घटनास्थलमा सवारी धनीको जिम्मामा रहेको ट्राफिक प्रहरी प्रमुख निउरेले जानकारी दिए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive